© 2026
काठमाडौँ । प्रहरीले देशका विभिन्न भागबाट लागु औषधसहित १६ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन, चितवन, बर्दिया, बाँके, उदयपुर र काठमाडौँबाट दुई÷दुई तथा जुम्ला, मोरङ र ललितपुरबाट एक÷एक जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूका साथबाट लागु औषध अफिम, खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, नाइट्राभेट र स्पास्पेन बरामद गरेको छ ।