© 2026
लमही । दाङको तुलसीपुर उपमहानगरपालिका – ५ गुल्मचोकमा सोमबार बिहान टिप्पर र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका बाबुछोराको मृत्यु भएको छ।
दुर्घटनामा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिनराज नेपाली गम्भीर घाइते भएका थिए। दुवैलाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय घोराहीले जनाएको छ।
घटनामा मनोजकी श्रीमती ३४ वर्षीया अनुषा नेपाली सामान्य घाइते भएकी छन्। टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
मृतक नेपालीको परियार ४ दिन सार्वजनिक बिदा मनाउन ससुराली गएको र लमही घोराही सडक खण्ड निर्माणको क्रममा सजिलो बाटो लमही अमिलिया सडक खण्ड हुँदै लमही फर्कने क्रममा टिपरले ठक्कर दिएको पारिवारिक भनाइ रहेको छ।