काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाश अधिकारी (सङ्खुवासभा) लाई सङ्घीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम उनलाई आज सचिवमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।