© 2026
अर्घाखाँची ।
अर्घाखाँचीको पाणिनी ८, दुर्गाफाट कुडुलेमा बस दुर्घटना भएको छ । दुर्घटनामा परि २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
पर्वत जिल्लाबाट अर्घाखाँची भ्रमणको लागि आएको ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटना भएको हो ।
दुर्घटनामा उद्धार कार्य चलिरहेको छ । स्थानीय र प्रहरीले उद्धार गरिरहेको पाणिनी गाउँपालिकाका पूर्व अध्यक्ष अच्युत गौतमले बताएका छन् ।
घटनास्थलमा पुगेर उद्धारको कार्य गरिरहेको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी दिवस बहादुर जिसीले बताएका छन् । घाइतेलाई उपचारको लागि पाल्पा जिल्ला र अर्घाखाँची अस्पतालमा पठाउने क्रम चलिरहेको छ ।
घटनाको विस्तृत विवरण भने आउन बाकी छ ।