Butwal Today

रास्वपाको सचिवालय बैठक बस्दै

२७ बैशाख २०८३, आइतबार
अ+
अ-

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दै छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार आज साँझ ६ः०० बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर वनस्थलीमा बैठक बस्न लागेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार आजको बैठकको कार्यसूचीमा भेला तथा अधिवेशन विशेष तालिका, आयोग तथा विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुसन्धानात्मक कारबाही, केन्द्रीय समिति बैठकलगायतका विषय समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?