Butwal Today

हुरीले २ बिघाको केरा खेतीमा क्षति

२३ बैशाख २०८३, बुधबार
अ+
अ-

घोराही (दाङ) ।  यही वैशाख २० गते गएको ठुलो हावाहुरीले घोराही उपमहानगरपालिका–१२ मा लगाएको दुई बिघा केरा खेतीमा ठुलो क्षति गरेको छ ।

घोराही–१२ रतनपुरमा हुमबहादुर केसीले लगाएको दुई  बिघाको केरा पूर्ण रूपमा हावाहुरीले नष्ट गरेको छ । बिक्रीका लागि तयार हुँदै गरेको केरा हावाहुरीका कारण नष्ट भएको उनले बताए ।

माध्यमिक विद्यालय हापुर रतनपुरको १० बिघा जग्गा भाडामा लिएर पाँच वर्षदेखि व्यावसायिक रूपमा कृषि कर्ममा लागेका केसीले बिमा नगरेका कारण ठुलो नोक्सानी बेहोर्नु परेको हो । चार बिघामा केरा लगाउनु भएका केसीको दुई बिघाको केरा पूर्ण रूपमा नष्ट भएको छ भने दुई बिघामा रहेको केरामा आंशिक क्षति पुगेको छ ।

केसीले भाडामा लिएको १० बिघामध्ये चार बिघामा केरा खेती, तीन वटा खोरमा तीन हजार ब्रोइलर कुखुरा पालन र अन्य जग्गामा मकै खुर्सानीलगायत खेती गर्दै आएका छन्  ।

जापानको चार वर्षको बसाइँ छाडेर स्वदेशमै केही गर्ने उद्देश्यले व्यावसायिक रूपमा कृषि कर्ममा जोडिएका केसीले चार जना स्थानीयलाई रोजगारी दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?