Butwal Today

बुटवल उपमहानगरपालिकामा युवा रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत तालिम शुभारम्भ

२३ बैशाख २०८३, बुधबार
अ+
अ-

बुटवल  । बुटवल उपमहानगरपालिकाले युवा लक्षित रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत ग्राफिक डिजाईनिङ, एकाउन्टिङ तथा अफिस टुल्स सम्बन्धी तालिमको औपचारिक शुभारम्भ गरेको छ। कार्यक्रमको उद्घाटन नगर प्रमुख खेलराज पाण्डेले गरेका हुन ।

यस अवसरमा बोल्दै उनले सीपमूलक तालिमले युवाहरूलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले सिकेको सीपलाई व्यवहारमा उतार्न सकेमा पालिकाले रोजगारको अवसर सिर्जना गर्न आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नगर प्रमुख पाण्डेले युवाहरूलाई समयको सदुपयोग गर्दै ध्यानपूर्वक तालिम लिन आग्रह गरे। उनले भन्नु भयो कि अहिलेको प्रतिस्पर्धी युगमा केवल शैक्षिक प्रमाणपत्र मात्र पर्याप्त नभई व्यवहारिक सीप अत्यावश्यक छ । त्यसैले यस्ता तालिम कार्यक्रमहरूलाई गम्भीरतापूर्वक लिँदै सिकेको ज्ञानलाई रोजगारी र उद्यमशीलतामा प्रयोग गर्नुपर्नेमा जोड दिए । साथै, पालिकाले भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जानकारी दिए ।

कार्यक्रममा रोजगार संयोजक अरबिन पाण्डेले पनि प्रशिक्षार्थीहरूलाई ढुक्क भएर सीप सिक्न आग्रह गरे । उनले तालिममा सिकेका कुरा केवल सैद्धान्तिक रूपमा सीमित नराखी उत्पादनमूलक कार्यमा लगाउनुपर्नेमा जोड दिए । उनले भने कि सीपले मात्रै दीर्घकालीन आयआर्जनको ढोका खोल्ने भएकाले प्रत्येक सहभागीले आफ्नो क्षमताको पूर्ण उपयोग गर्नुपर्छ। उनले प्रशिक्षार्थीहरूलाई अनुशासन, नियमितता र मेहनतका साथ तालिममा सहभागी हुन प्रेरित गरे ।

कार्यक्रममा सहभागी युवाहरूले पनि यस्ता अवसर प्रदान गरेकोमा उपमहानगरपालिका प्रति आभार व्यक्त गरेका थिए । उनीहरूले यस्ता तालिमले आफ्नो भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। सहभागीहरूले नगर प्रमुख तथा पालिकाले गरेको पहलको खुलेर प्रशंसा गर्दै यस्ता कार्यक्रमहरू अझै व्यापक बनाउन सुझाव दिएका थिए ।
यस तालिम कार्यक्रमले स्थानीय युवाहरूलाई रोजगारीका नयाँ अवसरतर्फ उन्मुख गराउने अपेक्षा गरिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?