Butwal Today

अदालतले व्यवसायी गोल्छालाई हिरासतमा राख्न अनुमति दिएन

२२ बैशाख २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ ।  जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति नदिने आदेश गरेको छ ।

न्यायाधीश मोना सिंहको इजलासले आज गोल्छालाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न नमिल्ने आदेश गरेको हो । अदालतको आदेशसँगै व्यवसायी गोल्छा थुनामुक्त हुनु हुनेछ ।

आदेशमा भनिएको छ, “प्रतिवादी शेखर गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नु पर्नेसम्मको अवस्थाको विद्यमानता रहेको नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४(३) बमोजिम प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न मिलेन ।”

व्यवसायी गोल्छालाई धितो पत्र र बिमासम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले यही वैशाख १४ गते पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?