Butwal Today

अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्र’मण, तीन जनाको मृ’त्यु

२१ बैशाख २०८३, सोमबार
अ+
अ-

प्राइया ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)  का अनुसार अटलान्टिक महासागरमा यात्रा गरिरहेको एक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्र’मणका कारण तीन जनाको मृ’त्यु भएको छ ।

उक्त घटना अर्जेन्टिनाको उशुआइया बाट केप भर्डे तर्फ जाँदै गरेको ‘एमभी होन्डियस’ नामक क्रुज जहाजमा भएको हो ।

विश्व स्वास्थ्य सङ्गठनले दिएको जानकारीअनुसार हालसम्म एक जनामा प्रयोगशालाबाट हान्टाभाइरस सङ्क्र’मण पुष्टि भएको छ भने थप पाँच जनामा सङ्क्र’मणको शङ्का गरिएको छ । कुल ६ जना प्रभावितमध्ये ३ जनाको मृ’त्यु भइसकेको छ भने १ जना दक्षिण अफ्रिकाको अस्पतालमा ग’म्भीर अवस्थामा उपचाररत छन् ।

दक्षिण अफ्रिकाको स्वास्थ्य मन्त्रालयका अनुसार यो घटना ‘गम्भीर तीव्र श्वासप्रश्वाससम्बन्धी रोग’ को रूपमा देखा परेको थियो, जसले कम्तीमा दुई जनाको ज्या’न लिएको र एक जना जोहानेसबर्गमा ग’म्भीर अवस्थामा रहेको बताइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सङ्क्र’मितमा पुष्टि भएको हान्टाभाइरस सामान्यतया मुसा वा मुसाजन्य जनावरहरूको पिसाब वा मलमूत्रसँगको सम्पर्कबाट मानिसमा सर्ने गर्छ । संगठनले कहिलेकाहीँ मानिस–मानिसबीच पनि सर्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै ग’म्भीर श्वासप्रश्वाससम्बन्धी जटिलता निम्त्याउन सक्ने बताएको छ ।

प्रारम्भिक विवरणअनुसार जहाजमा रहेका ७० वर्षका एक पुरुष यात्रुमा पहिलो पटक लक्षण देखिएको थियो, जसको जहाजमै मृ’त्यु भएको हो । उनकी ६९ वर्षीया श्रीमतीलाई पछि दक्षिण अफ्रिका लगिएको थियो, जहाँ उनको पनि मृ’त्यु भएको छ ।

तेस्रो मृ’तक एक ६९ वर्षीय बेलायती नागरिक भएको जनाइएको छ।

विश्व स्वास्थ्य सङ्गठन प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले सामाजिक सञ्जालमार्फत प्रभावित यात्रुहरूको चिकित्सा उद्धार, जोखिम मूल्याङ्कन तथा आपतकालीन प्रतिक्रिया जारी रहेको जानकारी दिएका छन् । उनले द्रुत र समन्वित कारबाहीले मात्र स्वास्थ्य जोखिम नियन्त्रण गर्न सकिने बताए ।

यस घटनापछि जहाजका सञ्चालक तथा सम्बन्धित देशहरूबीच थप उपचार, आइसोलेसन र यात्राको आगामी योजना सम्बन्धी छलफल भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?