© 2026
गुल्मी ।
गुल्मीमा एक हप्ताको समय अवधिमा १२१ जनाले राहदानी बनाउँदा ६ लाख बढी राजस्व सङ्कलन भएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत सोमबारदेखि बिहीबारसम्म १२१ जनाले राहदानी बनाएको र ६ लाख राजस्व सङ्कलन भएको हो । सोही समय अवधिमा जिल्ला प्रशासन कार्यालयबाट ३२० जनाले नयाँ नागरिकता बनाउँदा १४२ जनाले प्रतिलिपि लिएका छन् ।
उक्त अवधिमा २३ जनाको नाबालक परिचय पत्र, राहदानीको आवेदन सङ्कलन १२१, राहदानी वितरण १५५, राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन ३८०, राष्ट्रिय परिचयपत्र वितरण २४५, दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित ३० भएको छ ।
एक हप्ताको समय अवधिमा राहदानीबाट ६ लाख , राष्ट्रिय परिचयपत्रबाट ११ हजार पाँच सय गरी कुल ६ लाख ११ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको हो ।