Butwal Today

अफगानिस्तानको हेरातमा महिला उद्यमीलाई सशक्त बनाउन महिला बजारको सुरुवात

१७ बैशाख २०८३, बिहीबार
अ+
अ-

काबुल । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा महिला उद्यमीहरूलाई सशक्त बनाउनको लागि  एउटा छुट्टै महिला बजार खोलिएको  जनाइएको छ ।

जहाँ दर्जनौँ महिला उद्यमीहरूले महिला ग्राहकहरूलाई मात्र आफ्ना उत्पादनहरू बेच्ने व्यवस्था गरिएको, स्थानीय मिडिया टोलो न्युजले रिपोर्ट गरेको छ ।

यस पहलको उद्देश्य व्यवसायमा महिलाहरूको सहभागिता बढाउनु तथा महिलाका लागि सुरक्षित र सहयोगी व्यावसायिक वातावरण सिर्जना गर्नु रहेको जनाइएको छ ।

उक्त बजारमा महिला उद्यमीहरूले निर्माण गरेका विभिन्न प्रकारका हस्त शिल्प, परम्परागत उत्पादन र खाद्य पदार्थहरू बिक्रीको लागि राखिएको जनाइएको छ ।

यो बजार महिलाहरूको व्यावसायिक भविष्य सुरक्षित गरी उनीहरूलाई अधिकारिक मान्यता प्रदान गर्नका लागि प्रभावकारी रहेको तथा महिलाहरूको बेग्लै पहिचानको प्रयास गरेको स्थानीय उद्यमी गोलाफ्रोज नजाफीलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको छ ।

हेरात महिला चेम्बर अफ कमर्सका अनुसार हेरात प्रान्तमा करिब एक हजार २०० जना महिलाले आधिकारिक रूपमा व्यवसाय दर्ता भएका छन् भने १० हजार भन्दा बढी महिलाहरू अनौपचारिक व्यापार गतिविधिमा संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?