Butwal Today

काँग्रेसद्वारा राष्ट्रियसभा र प्रतिनिधिसभामा पदाधिकारी मनोनयन

१६ बैशाख २०८३, बुधबार
अ+
अ-

काठमाडौँ ।  नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेता पदमा कमलादेवी पन्तलाई मनोनयन गरेकी हुन ।

काँग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) बमोजिम उनले सांसद पन्तलाई उक्त पदमा मनोनयन गरेकी हुन ।

यसै गरी, नेता आङदेम्बेले प्रतिनिधिसभामा पार्टीका तर्फबाट संसदीय दलको उपनेतामा अभिषेक प्रताप शाह, मुख्य सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरेको नेपाली काँग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?