Butwal Today

अफगानिस्तानमा बाढीका कारण, ७३ हजार भन्दा बढी प्रभावित: राष्ट्रसङ्घ

५ बैशाख २०८३, शनिबार
अ+
अ-

काबुल (अफगानिस्तान) । अफगानिस्तानका विभिन्न प्रान्तमा यस अघि लगातार १२ दिन सम्म आएको  वर्षा र बाढीका कारण ७३ हजार भन्दा बढी मानिसहरू प्रभावित भएको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) ललाई उद्धृत गर्दै शनिबार टोलो न्युजले जनाएको छ ।

युएनएफपिएको रिपोर्टका अनुसार बाढीले अफगानिस्तानका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ भने हजारौँ घर, कृषि जग्गा र सडक लगायत प्रमुख पूर्वाधारहरू ध्वस्त पारेको छ ।

विस्थापित परिवारहरू, विशेष गरी महिला तथा बालबालिकाहरूले स्वास्थ्य सेवाको पहुँचमा गम्भीर चुनौतीहरूको सामना गरिरहेका छन् ।  उनीहरूलाई तत्काल  खाना, आश्रय,  र मनोसामाजिक सहयोग अत्यावश्यक भएको जनाइएको छ ।

मानव अधिकारवादी संस्थाहरूले बढ्दो आवश्यकताहरू सम्बोधन गर्न र अवस्थाको थप बिग्रन रोक्न सहयोग बढाउन आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?