Butwal Today

इरानी हवाई क्षेत्र आंशिक रूपमा खुल्ला:  उड्डयन प्राधिकरण

५ बैशाख २०८३, शनिबार
अ+
अ-

तेहरान । इरानले आफ्नो आंशिक हवाई क्षेत्र र केही एयरपोर्टहरू शनिबार देखि आंशिक रूपमा पुनः खोलेको इरानी नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

इरानको पूर्वी  क्षेत्रको हवाई क्षेत्र , केही एयरपोर्टहरू  र  हवाई मार्गहरू अन्तर्राष्ट्रिय उडानहरूको लागि  पुनः खोलिएको  प्राधिकरणले  विज्ञप्ति जारी गर्दै  पुष्टि गरेको छ ।

देशको सैन्य र नागरिक अधिकारीहरूले प्राविधिक र परिचालन तयारी पूरा गरेपछि इरानी एयरपोर्टहरूमा उडान सञ्चालन बिस्तारै सामान्य हुने जनाइएको छ ।

गत फेब्रुअरी – २८ मा अमेरिका र इजरायलले संयुक्त आक्रमण गरेपछि इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?