Butwal Today

अन्तरसरकारी वित्त परिषदको बैठकमा बुटवलका मेयरद्वारा समस्या समाधानका लागि ध्यानाकर्षण

३ बैशाख २०८३, बिहीबार
अ+
अ-

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बोलाएको अन्तर सरकारी वित्त परिषद्को बैठकमा बुटवलका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रमुख पाण्डेयले बुँदागतरुपमा धारणा राख्दै कानुनको अभावका कारण बारम्बार सास्ती बेहोर्नुपरेको हुँदा सहजीकरणका लागि आग्रह गरेका छन् । उनले अव्यवस्थित जग्गा, राजस्व, सामुदायिक वन, नापी लगायतका विषयमा बुँदागत रुपमा समस्याहरु जानकारी गराएका थिए।

“अव्यवस्थित जग्गाको नापजाँचको अधिकार स्थानीय पालिकालाई दिने व्यवस्था मिलाउने । यसको राजश्व ४० प्रतिशत स्थानीय पालिकालाई, ३० प्रतिशत प्रदेश सरकार र ३० प्रतिशत संघीय सरकारमा दाखिला गर्ने व्यवस्था गर्नुहुन अनुरोध गर्दछु,” पहिलो बुँदामा पाण्डेयले भनेका छन् ।त्यसैगरी सामुदायिक वन, नापी, मालपोत कार्यालयहरु पूर्वाधार निर्माण भएका पालिकाहरुलाई हस्तान्तरण गर्दै जानुपर्ने व्यवस्था मिलाउनुहुन अनुरोध गरेका छन् ।

यस्ता छन् प्रमुख पाण्डेयले बुँदागतरुपमा राखेका धारणा–

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?