Butwal Today

अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध

१९ माघ २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

संयुक्त राज्य अमेरिकामा फैलिएको शक्तिशाली हिउँको आँधीको कारण २४ सय भन्दा बढी उडानहरू रद्द भएको जनाइएको छ ।

उत्तरी क्यारोलिनाको शार्लोट डगलस अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आँधीको कारण शनिबार – आइतबारसम्म १८ सय भन्दा बढी उडानहरू रद्द गर्न बाध्य पारेको बताएको छ ।  यसै विच हाल रनवे र सडकमा हिउँ सफा गर्नका लागि ३०० जनाको सफाइ टोली तैनाथ गरिएको जनाइएको छ ।

यसैबिच, हाट्र्सफिल्ड–ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलले आइतबार एटलान्टा जाने लगभग ५० वटा उडानहरू बाहेक ६०० भन्दा बढी उडानहरू रद्द गर्ने घोषणा गरेको थियो ।

अमेरिकी मौसम विभागले उत्तर र दक्षिण क्यारोलिनामा भारी हिमपात र तीव्र हावा सहितको तीव्र तटीय आँधीबेहरीको चेतावनी दिएको छ । आँधीसँगै आएको  क्तिशाली ध्रुवीय हावाले दक्षिण फ्लोरिडाका केही भागहरूमा तापक्रम घट्ने र पश्चिम भर्जिनियामा तापक्रम–३३ डिग्री सेल्सियसमा पुग्ने अनुमान विभागले गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?