Butwal Today

रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता

६ माघ २०८२, मंगलवार
अ+
अ-

काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमपूर्वबाट आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

प्रचण्डले निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन् ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि नै हरेक चुनावमा नयाँ क्षेत्र रोज्दै आएका प्रचण्डले यसपटक रुकुमपूर्व रोजेका हुन् । यसअघि २०७९ को आमनिर्वाचनमा उनी गोरखा–२ बाट निर्वाचित भएका थिए ।

रुकुमपूर्व माओवादी आन्दोलनको उद्गम थलो र बलियो किल्ला मानिन्छ । ३४ हजार ७७२ मतदाता रहेको यो जिल्लामा २०७९ को निर्वाचनमा माओवादीकै उम्मेदवार विजयी भएका थिए । त्यतिबेला माओवादीले नेपाली कांग्रेससँगको गठबन्धनमा चुनाव लडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?