ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

राप्ती गाउँपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनका लागि माग्यो सहयोग

२१ पुष २०८२, सोमबार
२१ पुष २०८२, सोमबार
लमही । राप्ती गाउँपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्र पुनः सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारसँग आवश्यक सहयोगको माग गरेको छ।
सोमबार गाउँपालिका अध्यक्ष प्रकाश विष्टको नेतृत्वमा गएको कार्यपालिका सदस्यहरूको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटी केन्द्र पुनः सञ्चालनका लागि सहयोग माग गर्दै मागपत्र बुझाएको हो।
गाउँपालिकाका अनुसार बढ्दो जनसंख्या र तीव्र शहरीकरणका कारण फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। यसै सन्दर्भमा गाउँपालिकाले विगत दुई वर्षदेखि शून्य फोहोर अवधारणामा आधारित फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना गरी सञ्चालन गर्दै आएको थियो। उक्त केन्द्रमार्फत फोहोर संकलन, वर्गीकरण तथा प्रशोधन कार्यका साथै प्लास्टिकजन्य फोहोरबाट इन्टरलक टायल उत्पादनसमेत हुँदै आएको थियो।
तर हालै केन्द्रमा भएको आगलागीका कारण त्यहाँ रहेका भौतिक संरचना, मेसिन तथा उपकरणमा क्षति पुगेपछि फोहोरमैला संकलन तथा व्यवस्थापन कार्य प्रभावित भएको गाउँपालिकाले जनाएको छ।
मागपत्र बुझाउँदै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले फोहोरमैला व्यवस्थापन वातावरणीय संरक्षण र जनस्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गर्दै केन्द्रलाई तत्काल पुनः सञ्चालनमा ल्याउन आवश्यक रहेको बताए। उनले सरसफाइ केन्द्र पुनः सञ्चालनका लागि आवश्यक उपकरण खरिद तथा संरचना निर्माणमा प्रदेश सरकारको सहयोग अपरिहार्य रहेको धारणा व्यक्त गरे।
अध्यक्ष विष्टका अनुसार केन्द्र पुनः सञ्चालनका लागि मिक्स्चर, एग्लो टायल मेसिन, इन्टरलक मेसिन, स्लग मेसिन, कूलिङ मेसिनलगायतका उपकरण खरिद गर्नुका साथै केही भौतिक संरचना निर्माण गर्नुपर्ने अवस्था छ।
 यसका लागि करिब १ करोड ६६ लाख ८० हजार रुपैयाँ बराबरको सहयोग आवश्यक रहेको विवरणसहित मुख्यमन्त्रीसमक्ष मागपत्र पेश गरिएको हो।
मागपत्र बुझ्दै मुख्यमन्त्री चेतनारायण आचार्यले सरसफाइ व्यवस्थापन पालिकाको मात्र दायित्व नभई प्रदेश सरकारको समेत जिम्मेवारी भएको उल्लेख गरे। उनले कानुनले दिएको सीमाभित्र रहेर खर्च शीर्षक परिवर्तन गरेर भए पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रदेश सरकारबाट आवश्यक सहयोग प्राप्त भएमा फोहोरमैला व्यवस्थापन केन्द्र पुनः सञ्चालन भई स्वच्छ, सफा तथा स्वस्थ वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गाउँपालिकाले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?