ट्रेंडिंग:

>> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा

जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा

६ पुष २०८२, आइतबार
६ पुष २०८२, आइतबार

बुटवल, ६ पुस ।

कानुनले स्पष्ट व्यवस्था गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमबाट इस्मा गाउँपालिका पछिल्ला तीन वर्षदेखि लगातार पन्छिँदै आएको पाइएको छ। स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक चौमासिकमा सेवा प्रवाह, विकास गतिविधि र बजेट खर्चबारे सार्वजनिक सुनुवाइ गरी जनताको गुनासो सुन्नु अनिवार्य भए पनि इस्मा गाउँपालिकाले यो दायित्व बेवास्ता गर्दै आएको हो।

गाउँपालिकाले सार्वजनिक सुनुवाइ नगरी जनतासँग प्रत्यक्ष संवादबाट टाढा रहँदै आएको भन्दै स्थानीयवासी असन्तुष्ट देखिएका छन्। इस्मा गाउँपालिका–५ का स्थानीय नवीन अर्यालले जनताका गुनासो सुन्नबाट भाग्नु स्थानीय सरकारको जिम्मेवारी विपरीत भएको बताउँछन्।
“सेवा प्रवाहमा भएका कमजोरी सच्याउने र जनताबाट आएका गुनासो समाधान गर्ने दायित्वबाट भाग्नु उपयुक्त होइन,” उनले भने, “सार्वजनिक सुनुवाइले पालिकालाई पृष्ठपोषण मिल्छ, त्यसबाट डराएर भाग्नु होइन, सामना गर्नुपर्छ।”

सार्वजनिक सुनुवाइ गर्नका लागि प्रत्येक वर्ष बजेट विनियोजन गरिए पनि कार्यक्रम भने सञ्चालन नभएको पाइएको छ। गाउँपालिकाका सूचना अधिकारी नारायण महतका अनुसार चालु आर्थिक वर्षका लागि सार्वजनिक सुनुवाइ शीर्षकमा तीन लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।

“बजेट विनियोजन त भएको छ, तर अहिलेसम्म सार्वजनिक सुनुवाइ कार्यक्रम भने हुन सकेको छैन,” उनले बताए। प्रत्येक चौमासिकमा सुनुवाइ गर्ने भनिए पनि हालसम्म कुनै तयारी नदेखिएको उनको भनाइ छ।

गुल्मी जिल्लामा दुई नगरपालिकासहित १२ स्थानीय तह रहेका छन्। तीमध्ये अधिकांश स्थानीय तहले नियमित रूपमा सार्वजनिक सुनुवाइ गर्दै आएका छन्। तर इस्मा गाउँपालिका भने जनताको गुनासो सुन्नबाट टाढिँदै आएको एक मात्र स्थानीय तहका रूपमा देखिएको छ।

इस्मा गाउँपालिकाको अघिल्लो कार्यकालमा लक्ष्मण बिष्टको नेतृत्वमा पाँच वर्षे अवधिमा जम्मा दुई पटक मात्र सार्वजनिक सुनुवाइ भएको थियो। त्यतिबेला हालका अध्यक्ष भगतसिंह खड्काले गाउँपालिकामा मनपरी, भ्रष्टाचार र अपारदर्शिता भएको भन्दै विरोध, प्रदर्शन र तालाबन्दीसमेतको नेतृत्व गरेका थिए।

तर अहिले स्वयं अध्यक्षको जिम्मेवारीमा रहेका खड्काकै कार्यकालमा सार्वजनिक सुनुवाइ नहुनु विडम्बनापूर्ण भएको स्थानीयहरूको भनाइ छ। “सत्तामा आउँदा सबै कुरा बिर्सेर जनताबाट भाग्नु मिल्दैन,” स्थानीयवासीहरू भन्छन्।

यस विषयमा इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्कासँग प्रतिक्रिया लिन पटक–पटक टेलिफोन सम्पर्क गर्न खोज्दा फोन नउठेकाले उनको आधिकारिक धारणा प्राप्त हुन सकेन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?