ट्रेंडिंग:

>> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ? >> हिमाली जिल्लामा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो >> उपमेयर राई राजीनामा दिने तयारीमा, बाँके क्षेत्र नं. २ बाट चुनाव लड्ने

पर्या साहित्यबारे वातावरणविद् हितान र पाठकबीच छलफल

१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

बुटवल – वातावरणविद् तथा साहित्यकार विजय हितान र बुटवलका साहित्यप्रेमी पाठकका  बीचमा पर्या साहित्यका विषयमा छलफल भएको छ।

साेमबार पाठक मञ्च बुटवलकाे आयाेजनामा साहित्यकार हितानसँग पर्या साहित्यबारे छलफल गरिएकाे हाे। रुपन्देहीको बुटवलमा जन्मिएर बेलायतको वातावरण संस्थानमा वातावरण विज्ञका रुपमा कार्यरत हितानले हालै लाहुरेको रेलिमाइ नामक उपन्यास ल्याएका थिए।

पर्या साहित्य सिर्जनामा विशेष पहिचान बनाएका उनले पाठकहरुसँग छलफल गर्दै विश्वव्यापी रुपमा वातावरण संरक्षणका मुद्दाहरु उठान भइरहेको र नेपालमा पनि यसबारेमा चर्चा गर्न आवश्यक रहेको बताए। उनले पर्या साहित्यमा कलम चलाउन र वातावरण संरक्षणका लागि भूमिका निर्वाह गर्न आग्रह गरे।

हितानले वातावरण संरक्षण आफ्नाे मुख्य सराेकारको विषय रहेको बताउदै पर्या साहित्यका माध्यमबाट वातावरण संरक्षणका मुद्दा उठाउँदै आएको बताए।

लेखक हितानकाे कविता संग्रह “मलाई आर्यघाटमा नजलाउनु”माथि अध्येता कृष्ण पाण्डेले समीक्षा गर्दै पर्या साहित्यकाे नमूनाका रुपमा यो पुस्तकलाई लिन सकिने बताए।

पाठक मञ्चका माधव गाैतमले सहजीकरण गरेको छलफलमा लेखक दलबहादुर गुरूङ, राजेन्द्र आचार्य, डा. मनाेज ढुंगाना, रामचन्द्र श्रेष्ठ, शंकर भण्डारी, माधव कुमार पाैडेल, पत्रकार कृष्ण मल्ल, दीपक विश्वकर्मा, विनाेद परियार, अर्जुन ज्ञवाली, प्रेम परियार, कृष्ण गाउँले लगायतले पर्या साहित्य र वातावरण संरक्षणका बारेमा विभिन्न जिज्ञासा र सुझावहरू व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?