ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

लुम्बिनी सुरक्षा गोष्ठीमा गृहमन्त्री–मुख्यमन्त्रीबिच जुहारी

गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनको तयारी र सुशासनको जग बलियो बनाई सत्ता हस्तान्तरण गर्ने वर्तमान सरकारको मुख्य अभिभारा रहेको बताए । यद्यपि, प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले भने प्रदेशको सुरक्षा अवस्था सन्तोषजनक नरहेको र जनता तथा सुरक्षाकर्मी स्वयं पनि भयभीत र असुरक्षित महसुस गरिरहेको अवस्थामा निर्वाचन गराउन कठिन रहेको चित्रण प्रस्तुत गरेका छन् ।
१० मंसिर २०८२, बुधबार
१० मंसिर २०८२, बुधबार

भैरहवा, १० मङ्सिर । 

भैरहवामा मंगलबार सम्पन्न लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनको तयारी र सुशासनको जग बलियो बनाई सत्ता हस्तान्तरण गर्ने वर्तमान सरकारको मुख्य अभिभारा रहेको बताएका छन् ।

यद्यपि, प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले भने प्रदेशको सुरक्षा अवस्था सन्तोषजनक नरहेको र जनता तथा सुरक्षाकर्मी स्वयं पनि भयभीत र असुरक्षित महसुस गरिरहेको अवस्थामा निर्वाचन गराउन कठिन रहेको चित्रण प्रस्तुत गरेका छन् ।

दुबै जनाको यो भिन्नताले सङ्घीय प्रणालीमा सुरक्षा जस्तो संवेदनशील विषयमा देखिएको दृष्टिकोणको खाडललाई उजागर गरेको छ ।
नेपाल सरकार, गृह मन्त्रालयको आयोजनामा भएको उक्त गोष्ठीमा गृहमन्त्री, मुख्यमन्त्री, गृह सचिव, तीनै सुरक्षा निकायका प्रमुखहरू र १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार जेनजी पुस्ताको प्रदर्शनपछि ‘शून्यलाई पूरा गर्न’ विषम परिस्थितिमा गठन भएको र यसको मुख्य लक्ष्य तोकिएको मितिमा निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु रहेको स्पष्ट पारे ।

उनका अनुसार यो सुरक्षा गोष्ठी निर्वाचनको तयारीका लागि आयोजना गरिएको जसले लुम्बिनी प्रदेशका सुरक्षा चुनौतीहरूको संश्लेषण गरी रणनीति बनाउनेछ । राजनीतिक दलहरूले प्रमुख चुनौती औँल्याएका लुटिएका हतियार र फरार कैदी बन्दीहरूलाई फिर्ता ल्याउने प्रयासमा ठुलो सफलता मिलेको जानकारी दिँदै गृहमन्त्री अर्यालले गोष्ठीमा यसको समीक्षा गरिने बताए ।

युवा पुस्ताले प्रश्न उठाइसकेपछि पनि नसच्चिने, एकले अर्कालाई दोषारोपण गर्ने हो भने अर्को दुर्घटना हुन सक्ने भन्दै सबैलाई जिम्मेवार बन्न आग्रह गरे । उनले सरकारी संयन्त्रलाई व्यावसायिक ढङ्गले काम गर्न निर्देशन दिँदै कसैलाई गलत तरिकाले रिझाउन नपर्ने स्पष्ट पारे ।

लुम्बिनी प्रदेशलाई राजस्व चुहावटको दृष्टिले जोखिमको प्रदेशको रूपमा व्याख्या गर्दै चुहावट नियन्त्रणमा सरकारले “शून्य सहनशीलता” को नीति अवलम्बन गरेको उनले दाबी गरे ।

अपराधको घटना भएपछि “माथिको मुख ताकेर” अनुसन्धान हुने पुरानो परिपाटी अन्त्य भएको घोषणा गर्दै सबैलाई निष्पक्ष भई गैर कानुनी क्रियाकलापलाई कानुनको दायरामा ल्याउन उनले निर्देशन दिए ।

गृहमन्त्रीले यो गोष्ठीले निर्वाचन सम्पन्न गर्न सक्षम हुने गरी सुरक्षा योजना तयार गरी कार्यान्वयन, कार्यशैलीमा सुधार, समूह कार्यमा प्रभावकारिता, निष्पक्ष कार्यसम्पादन र सरोकारवालासँग समन्वय सुदृढ गर्ने पाँच कुराहरूको सुनिश्चितता गर्ने विश्वास व्यक्त गरे ।

गोष्ठीलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले प्रदेशको सुरक्षा अवस्था सन्तोषजनक नरहेको भन्दै यथार्थपरक समीक्षा आवश्यक रहेकोमा जोड दिए । उनले जनता अहिले पनि भयभीत र त्रसित रहेको तथा सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मीहरूले समेत आफू सुरक्षित भएको महसुस गर्न नसकिरहेको अवस्था रहेको औँल्याए ।

प्रदेशमा अराजक गतिविधि गर्ने र सुरक्षाकर्मी तथा कर्मचारीहरूलाई तेजोवध गर्ने समूह अहिले पनि छाती फुलाएर हिँडिरहेकोमा चिन्ता व्यक्त गर्दै ती आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई राज्यले कानुनी दायरामा ल्याउन नसकेकोले तत्काल नियन्त्रण गर्न सुरक्षा निकायलाई गम्भीर हुन आह्वान गरे ।

अझै पनि कारागारबाट फरार कैदीहरू नियन्त्रणमा आई नसकेको र प्रहरीका लुटिएका हतियार फिर्ता नभएको अवस्थामा हुने निर्वाचनमा शङ्का उत्पन्न भएको उनले बताए । मुख्यमन्त्री आचार्यले १२ जिल्लाको सुरक्षा स्थितिको गहन छलफल गरी ठोस कार्य योजना बनाएर अगाडि बढ्नु नै यो गोष्ठीको मुख्य लक्ष्य रहेको बताए ।

बैठकमा गृहमन्त्री ओम प्रकाश अर्याल, गृह सचिव रामेश्वर दंगाल, मुख्यमन्त्री चेत नारायण आचार्य, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग के.सी., नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की लगायत प्रादेशिक र जिल्ला सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?