ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

वर्षौको निराशापछि आशा : सेजमा फेरि उदायो औद्योगिक सम्भावना

१० मंसिर २०८२, बुधबार
१० मंसिर २०८२, बुधबार

भैरहवा, १० मंसिर ।

भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) यतिबेला असाधारण परिवर्तनको लयमा फर्किएको छ । लामो समयदेखि भाडादर, कडा कानुनी प्रावधान र आधारभूत सेवा अभावका कारण गुनासा बढ्दै गएको सेजमा अहिले सरकारी निर्णयपछि नयाँ ऊर्जा थपिएको छ ।

मंसिर ८ गते बसेको मन्त्रीपरिषद्को बैठकले सेजमा रहेको भाडादर प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ मात्र कायम गरेपछि यहाँका उद्योगीहरूको उत्साह उक्लिएको छ ।

सेज कार्यालय प्रमुख इन्जिनियर सबुत डुम्रेका अनुसार भैरहवा सेज अहिले पूर्ण रूपमा भरिएको छ । ५२ बिगाहामा फैलिएको सेजका ६८ वटै प्लट भाडामा गइसकेका छन् । तीमध्ये ५२ प्लटमा उद्योग सञ्चालनमा छन् भने बाँकी १६ प्लट पनि उद्योग निर्माणका क्रममा छन् ।

शक्ति मिनरल्स, तिरुपति मेटल, हिमालय ग्रनाइट, ईको नेपाल इनर्जी, सिपी मेटल, स्वस्तिक उद्योगलगायतका कम्पनीहरू सञ्चालनमा छन् । यता सुपर इलेक्ट्रिक, इमिटेशन मेटल, डाटा वल्र्ड, डीआईएल ग्लोबल, ओबिटी नेपाल, गार्मेन्ट गियरलगायतका उद्योगहरू निर्माणधीन अवस्थामा छन् ।

सेजको स्थापना उद्देश्य उद्योगीलाई प्रोत्साहन दिने भए पनि विगतका वर्षहरूमा महँगो भाडा, निर्यातसँग जोडिएका कडा प्रावधान, कर्जा र प्रशासनिक जटिलताका कारण उद्योगीहरू आकर्षित हुन सकेका थिएनन् । सुरुवातमा प्रतिवर्गमिटर १५० रुपैयाँ तोकिएको भाडादर उद्योगीले वहन गर्न नसक्ने भन्दै विरोध गरेपछि त्यसलाई २० रुपैयाँमा झारियो । तर त्यो दर पनि उद्योगीका लागि महँगो नै ठहरिएपछि भाडा ५ रुपैयाँमा झर्न बाध्य भयो ।

भाडासँगै कानुनी प्रावधान परिवर्तनले पनि उद्योगीलाई सहज वातावरण प्रदान गरेको छ । २०७३ को सेज ऐनले उद्योगले कम्तिमा ६० प्रतिशत वस्तु वा सेवा निर्यात गर्नुपर्ने कडा व्यवस्था गरेको थियो । २०८१ वैशाख १६ मा जारी अध्यादेशमार्फत सो प्रावधान संशोधन गर्दै उत्पादन सुरु भएको चार वर्षसम्म १५ प्रतिशत मात्र निर्यात अनिवार्य राखिएको छ ।

त्यसपछि निर्यातको न्यूनतम सीमा ३० प्रतिशत कायम गरिएको छ । पहिले १ वर्षमै आन्तरिक बजारमा बेच्न दिने सीमालाई पनि तीन वर्ष पु¥याइएको छ । यसले सुरुका वर्षहरूमा उद्योगलाई बजार विस्तार र उत्पादन स्थिरतामा आवश्यक समय प्रदान गरेको छ ।

उद्योग स्थानान्तरणसम्बन्धी नियम पनि परिवर्तन गरिएको छ । पहिले सेज बाहिर सञ्चालित उद्योगलाई भित्र सार्न नपाइने व्यवस्था रहँदै आएको थियो । हाल यो प्रावधान हटाइएपछि बाहिरबाट सेजमै उद्योग सारेर सञ्चालन गर्न बाटो खुलेको छ ।

विशेष आर्थिक क्षेत्रको उद्देश्य उद्योगीलाई अत्यधिक सहजता प्रदान गर्दै निर्यातमुखी उद्योग विकास गर्नु भए पनि एकद्वार प्रणाली अझै प्रभावकारी रूपमा लागू हुन सकेको छैन । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले भाडा घटाउने निर्णयलाई स्वागत गर्दै सेजभित्रका आधारभूत सुविधा अझै चुनौतीपूर्ण रहेको बताए । खानेपानी, बिजुली, सरसफाइ तथा प्रशासनिक समन्वय सहज नहुँदा उद्योगीलाई दैनिक कामकाजमै झन्झट व्यहोरिरहनुपर्ने उनले गुनासो गरे ।

भैरहवा सेजले पछिल्ला वर्षहरूमा उत्पादन तथा बिक्रीमा सकारात्मक प्रगति देखाउँदै आएको छ । आर्थिक वर्ष २०७६÷७७ मा २० करोड ४४ लाख रुपैयाँको कुल बिक्री गरेको सेजले २०७७÷७८ मा १ अर्ब ३ करोड ५० लाख रुपैयाँको कारोबार ग-यो । ०७८÷७९ मा ७२ करोड ९० लाख, ०७९÷८० मा ८४ करोड ५९ लाख र ०८०÷८१ मा ९१ करोड ६० लाख रुपैयाँको बिक्री भएको छ । आर्थिक वर्ष ०८१÷८२ मा बिक्री झन् उक्लिँदै १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म १७ करोड ५३ लाख निर्यात र २८ करोड ४७ लाख आन्तरिक बिक्री गरी ४६ करोड रुपैयाँको कारोबार भइसकेको तथ्यांकले देखाउँछ ।

नेपाल सरकारले २०६० माघ १५ गते विशेष आर्थिक क्षेत्र आयोजनाको निर्णय गरेको थियो । २०७३ मा प्राधिकरण गठन भए पनि पाइलट परियोजनाका रूपमा रहेको भैरहवा सेज पूरा क्षमतामा चल्न सकेको थिएन । तर भाडादर घटेपछि, कानुनी लचकता आएपछि र उद्योगीको मनोबल बढेपछि सेज अब फेरि चलायमान देखिन थालेको छ ।

उद्योगीहरूले सरकारको पछिल्लो निर्णयलाई सेजको वास्तविक सञ्चालनतर्फको महत्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन् । उनीहरूले अब एकद्वार प्रणाली प्रभावकारी बनाइने, आधारभूत संरचना सुधारिने र उद्योगमैत्री वातावरण मजबुत बनाइने आशा व्यक्त गरेका छन् ।

भैरहवा सेज अहिले नयाँ मोडमा उभिएको छ । भाडा, कानुन र नीतिगत सहजीकरणले बाटो खोलिदिएको छ । अब उद्योगीहरू खुला रूपमा भन्छन्—सरकारले वातावरण बनाइदियो, अब उद्योग चलाउन हामी तयार छौँ ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्य सरकारी निर्णयमा सबैभन्दा खुसी देखिन्छन् । “मैले धेरै पटक भन्दे आएको ५ रुपैयाँ भन्दा बढी भाडा उद्योगीका लागि भारी हुन्छ । आज त्यो माग पुरा भयो,” उनले भने । चालु आर्थिक वर्षको बजेटमै तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले सेजको भाडा ५ रुपैयाँमा घटाउने व्यवस्था गरेका थिए । अहिलको सरकारले यही व्यवस्था कार्यान्वयन गरेको हो ।

आचार्यले सरकारले अझै गर्नुपर्ने धेरै काम गर्न बाँकी रहेको जनाए । विशेषतः सेजको मूल मर्म एकद्वार प्रणाली अहिले सम्म पनि लागु गर्न नसकेको बताउदै उनले यसको सहजीकरण गर्न आग्रह गरे । यससंगै सेजमा आवश्यक आधारभूत कुराहरु खानेपानी, बिद्युत, सरसफाई लगायतको समस्याहरु पनि रहेको उनको गुनासो छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?