ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

बर्दिबासमा शपथ गराउन मैले नै दबाब दिएको हुँ : मुख्यमन्त्री यादव

२५ कार्तिक २०८२, मंगलवार
२५ कार्तिक २०८२, मंगलवार

 काठमाडौं, २५ कात्तिक ।

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आफ्नो दबाबमै तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आफूलाई होटलमा शपथ ग्रहण गराएको बताएका छन् ।

आज पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले उक्त जानकारी दिएका हुन् ।

मुख्यमन्त्री यादवका अनुसार विहीबार राति आफूलाई नियुक्तिपत्र दिइएको थियो । तर, प्रदेश प्रमुख उपचारका लागि काठमाडौं जाँदै गरेको जानकारी पाएपछि आफूले जसरी भए पनि शपथ ग्रहण गराउन दबाब दिएको उनले बताए ।

‘मैले उहाँलाई दबाब दिएँ, दिएकै हो,’ यादवले पत्रकार सम्मेलनमा भने । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री बनेका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत पाउने अवस्था नदेखेपछि कात्तिक २२ गते प्रदेशसभामा राजीनामा दिएका थिए ।

त्यसपछि सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा एमालेका नेता सरोज कुमार यादव कात्तिक २४ गते संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।

यादवका अनुसार आफूलाई राति साढे १० देखि पौने ११ बजेतिर बोलाएर प्रदेश प्रमुख सुवेदीले नियुक्तिपत्र दिएकी थिइन् । तर, त्यस समयमा सोनलको पक्षमा रहेका दलहरूले संविधानको धारा १६८(२) अनुसार नै नयाँ मुख्यमन्त्री नियुक्त हुनुपर्ने माग गर्दै आएका थिए ।

मुख्यमन्त्री यादवले भने, ‘मैले उहाँलाई दबाब दिएँ । दिएकै हो । यसमा म पछाडि हट्दिनँ, झूटो बोल्दिनँ । केयरटेकर मुख्यमन्त्री हुनुहुन्छ, नयाँ मुख्यमन्त्रीको नियुक्ति भइसकेको छ । तपाईंले मलाई शपथ नखुवाइकन मेरो पद सक्रिय हुनेवाला छैन । यसो हुँदा मधेश प्रदेश अझ अन्यौलमा पर्छ भन्ने सोचेर मैले उहाँलाई जहाँ हुनुहुन्छ, त्यहीँ शपथ गराइदिन आग्रह गरेको हुँ ।’

उनले थपे, ‘तपाईंले त्यहाँ गर्न सक्नुहुन्न भने कुन उपयुक्त स्थान हुन्छ, त्यहाँ मलाई शपथ खुवाइदिनुपर्यो भनेर मैले रिक्वेस्ट गर्दा उहाँले भन्नुभयो— म निस्किसकेकी छु, तपाईं आउन सक्नुहुन्छ भने बर्दिबास आउनुस् । त्यसपछि म बर्दिबास गएँ र पानस होटलमै इमान्दारितापूर्वक नियुक्तिपत्रअनुसार शपथ ग्रहण गरेँ ।’

यस घटनापछि विवाद तीव्र बनेको छ । संघीय सरकारले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरिसकेको छ । यता, मुख्यमन्त्री नियुक्तिको प्रक्रियाप्रति असन्तुष्ट दलहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?