ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

निर्वाचन नै निकासको मार्ग हुनसक्छ 

२५ कार्तिक २०८२, मंगलवार
२५ कार्तिक २०८२, मंगलवार

जति दिनहरू बितिरहेका छन् उति उति नयाँ अनि अति रहस्यमय कुराहरू बाहिर आइरहेका छन् ।

भाद्र २३ गतेका दिन जेनजीको नामबाट आन्दोलन भयो । उक्त आन्दोलनको क्रममा १९ जना होनहार नेपालीको अनाहकमा ज्यान गयो । गोली कसले चलायो भन्नै परेन किनभने त्यसको सिधा उत्तर थियो– नेपाल प्रहरीले अनि साथमा आदेश कहाँबाट आयो ? भन्दा त्यसको पनि सिधा उत्तर थियो गृहमन्त्री रमेश लेखकले ।

अनि त्यसको जिम्मेवारी कसले लिनुपर्छ ? त्यसको पनि सिधा उत्तर थियो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले । यी सबैका सिधा उत्तर थिए र धेरैको सोचाइमा त्यही थियो । २३ गते सन्ध्यामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए ।

दोस्रो दिन अर्थात् २४ गतेका दिन बिहान ११ बजे प्रधानमन्त्री पदबाट केपी ओलीले त्याग पत्र दिए । त्यसपछि भीषण आन्दोलन भयो । नेपालका महत्त्वपूर्ण स्थानमा आगजनी भयो । त्यसको साथमा नेकपा एमालेका केन्द्रदेखि जिल्ला तहका धेरै पार्टी कार्यालयहरू ध्वंस भए । दोस्रोमा नेपाली काँग्रेसको पनि त्यही गति भयो ।

तेस्रो तथा नगन्य मात्रामा नेकपा माओवादी केन्द्रको ध्वंस भयो । अरूको उल्लेख गर्न लायक देखिएन । यहाँ नगन्य मात्रामा किन भनियो भने ती दुईवटा पार्टी कार्यालयको तुलनामा माओवादी केन्द्रको कम क्षति भएको छ ।

त्यसको साथमा सरकारी तथा केही नेताहरूको निजी भवनहरू समेत आगजनीमा परे । यति धेरै विध्वंस भयो, त्यसको लेखो नै छैन । कहिलेसम्म त्यसको लेखो भइसक्छ भन्ने पनि निधो छैन र २४ गतेको विध्वंश के का लागि भन्ने कुरा अहिलेसम्म ठोसरूपमा आउन सकेको देखिदैन ।

यसको रहस्य त ठूलै गर्भमा होला । यो पनि समय आयो भने आफै खुल्दै जानेछ । समयक्रममा सयौं वर्ष पहिले भएका कुराहरू समेत उजागर हुन्छन भने यो नहुने कुरै भएन ।

भाद्र २७ गतेका दिन अन्तरिम सरकार गठन भयो । सुशीला कार्कीले त्यसको नेतृत्व गर्ने अवसर पाउनु भयो । त्यस पछि मन्त्रीमण्डल विस्तार हुँदै तेस्रो पटक पुग्दा संख्या दश पुगेको छ ।

दुईजनाको नाम बाहिर आएर पनि त्यो आवरणमा आउनसकेको छैन । थाहा छैन त्यही नामका व्यक्तिहरू कुर्सीमा विराजमान हुन आउनुहुन्छ या अरू कुनै चेहराका आउनुहुन्छ । २३ गतेको आन्दोलनले सामाजिक सञ्जाल बन्द गरेकोमा सरकारप्रति हाम्रो आक्रोश भन्ने कुरा सुन्नमा आयो ।

तर त्यो आक्रोस बढ्दै गएर सिंहदरवारदेखि सर्वोच्च अदालतसम्ममा आगजनि हुन पुग्यो । यसको साथमा कैयौं दलमा पार्टी कार्यालय र केही दलका नेताहरूको निजी घर समेत ध्वस्त भएका छन् ।

२३ र २४ गतेको क्षतिको जिम्मा लिने अहिलेसम्म कोही छैन । सरकार परिवर्तनको कुरा हो भने २४ गते बिहान ११ बज्दा नबज्दै प्रधानमन्त्री पदबाट केपी ओलीले राजीनामा गरेका हुन् ।

त्यसपछि भएको हो हिंसा, तोडफोड र केही हत्याका घटना । जतिवेला सरकार थिएन र जिम्मा लिने भनेको प्रहरी प्रशासन मात्र थियो । प्रहरी प्रशासनका हातबाट हतियार लुटिएका खवर २३ गते नै बाहिर आइसकेका थिए ।

जो कसैलाई पनि नागरिकको हत्या गर्ने छुट छैन र साथै देश जलाउने छुट पनि छैन । तर भयो दुबै त्यस्तै । यसबाट उत्पन्न परिवेशको लागि जसले हत्या गर्न लगायो वा गरेको हो त्यसलाई र जसले देश खरानी बनायो वा बनाउन लगायो, उसलाई कारवाही हुनुपर्दछ ।

तर कारवाहीको नाममा जसलाई भेट्यो उसलाई र जसको नाम अगाडि आयो उसलाई कारवाही गर्ने होइन । निश्पक्ष तरिकाले छानविन गरेरमात्र कारवाही अगाडि बढाउनु पर्दछ । प्रहरीका वर्दी र हतियार खोसिनु चानचुने कुरा होइन ।

यस्तै यो भन्दा ठूलो जघन्य अपराध भनेको ति होनहार युवाहरूको ज्यान जानु हो । वर्दी खोस्नेहरू को हुन ? कसका लागि वर्दी आवश्यक भयो र कसलका लागि प्रहरीका हात हतियार आवश्यक भयो  ?

उनीहरूको पहिचान संगै होनहार नागरिक माथि गोली प्रहार गर्ने र गर्न लगाउनेहरूको समेत एकसाथ पहिचान हुनुपर्दछ । यसका आधारमा कारवाहीको दायरा अगाडि बढाउनु पर्दछ ।

निष्पक्ष छानविन विना मुखमा आएका कुरा गरेर कसैलाई पनि लान्छना लगाउनु उचित हुँदैन । आफूले सुनेका कुरामा कति सत्यता छ भनेर एक पटक आफै पनि विश्लेषण गर्नुपर्दछ ।

कौवाले कान लग्यो भनेर कौवाको पछाडि दौडने होइन कि कान छामेर अगाडि बढनु पर्दछ । तर आज कौवाले कान लग्यो भनेर कौवाका पछाडि दौडनेको भीड पनि देखिएको छ । हुन त नेपालको लोकप्रिय दललाई निमिट्यान्न पार्नका लागि केही तत्वहरू न्वारान देखिको बल लगाइरहेका छन् ।

उक्त दललाइ छिन्न भिन्न नपारेसम्म उनीहरूको मनको इच्छा पूरा हुनेछैन । यसकारण त्यो कुतत्व सधै उक्त दलको विरुद्धमा नाटक मञ्चन गरिरहेको छ । पर्दा नखसेसम्म उक्त नाटक मञ्चन भइरहने छ ।

यो पनि कुनै आश्चर्यको विषय होइन । कागले कहिले पाकेको फल खोज्छ र उसले त सधै सडे गलेका वस्तु देखि लिएर विष्टामात्र राज्ने त हो नि ।  आजको आवश्यक्ता भनेको अपराध गर्नेलाई कारवाही र मुलुकको निकासको लागि निर्धारित समयमा निर्वाचन गराउनु हो ।

यसतर्फ सबैको ध्यान जान आवश्यक छ । दल ठूलो सानो भनेर हुँदैन नागरिकले जसलाई पत्याए त्यही ठूलो हो । ठूलो बनाउनका लागि विगतमा पाँचदलको गठवन्धन गरेर निर्वाचनमा सहभागि भएको कुरा कसले विर्सेको होला र ?

त्यसरी पाँच दलएकातर्फ भएर ठूलो दल बनाउन चाहे पनि नागरिकले नपत्याएसम्म त हुने रहेनछ भन्ने उदाहण त देखियो नि । यसरी गर्दा पनि सरकार बनाउनका लागि आवश्यक सिट नपुगेकै हो ।

यसैले जादुगरी सिट लिएर कहिले कता र कहिले कता भौंतारिको देख्ने आँखा हाम्रै हुन् । त्यहीबाट आएको थियो नेपालमा ठूलो विद्रोह हुन्छ भन्ने अभिव्यक्ति । के शिक्षा पाउनु भएको थियो र भविश्यको वारेमा प्वाक्क बोल्नु भयो  ?

अनि एकसाता नवित्दै विद्रो भयो ? विद्रोह आफूबाट नभए पनि आफ्नो एजेण्डामा परेको भनेर नयाँ सरकार बनेको दोस्रो दिनबाट कुर्लन लाग्नु भएको अहिले नीति विचार एकातर्फ थन्क्याएर फेरी ठूलो पार्टीको रटानमा लागनु भएको छ ।

एक पटक नेपालको ठूलो पार्टी भएकै त हो तर के लछारपाटो लगाएको हो र त्यतिवेला ? छँदा खाँदाको पद छोडेर विद्रोहको भाषा बोलेको सुन्ने नेपाली अहिले पनि प्रसस्त छन् । कुरा ठूला गरेरमात्र हुने रहेनछ भन्ने कुरा अहिले राम्ररी प्रमाणित भएको छ । यसरी प्रमाणित भएको कुरालाई किन ढाकछोप गर्न खोजिन्छ  ?

यसको रहस्य के होला ? हुन त कसैको प्रवृति अर्काको भलो नचाहने खालको हुन्छ । त्यही नसहने प्रवृतिले दल भित्रका स्वाभिमानीहरू सबै एकपछि अर्को गर्दै छोडदै गएर नयाँ दल बनाइरहेका छन् ।

पहिले नै एक ढिक्का बनाउने सुर्ता गरेको भए आज दश चिरामा विभाजित भएको हेर्नुपर्ने थिएन । यो सबै आफ्नो स्वार्थ हेर्नाले भएको हो । अव अफ्नो स्वार्थ हेर्न छोडेर समृद्ध नेपाल सुखी नेपाली भन्ने कुरा दृढ एवं स्वच्छ भावनाले अगाडि बढाउनु पर्दछ ।

यो संगै आसन्न निर्वाचनलाई बलियो आधार बनाउनु पर्दछ । निर्वाचन सबैका लागि एउटा राम्रो निकास हो । यो निकासको मार्गबाट कोही पनि टाढा हुन सुहाउँदैन । चेतना भया ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?