ट्रेंडिंग:

>> ब्रिनोजबाट ७ हजार बढीले लिए कान उपचारको सेवा >> बर्दिबासमा शपथ गराउन मैले नै दबाब दिएको हुँ : मुख्यमन्त्री यादव >> मधेस प्रदेशमा सरकार गठनविरुद्ध ७ दलका सांसदहरूको धर्ना >> मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त >> निर्वाचन नै निकासको मार्ग हुनसक्छ  >> ‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’  >> बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण >> पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता ! >> बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र >> दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते >> एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने >> नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी >> एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क >> नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त >> फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : ओली >> कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन >> एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ >> सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी >> जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा >> रामकुमारी र किसानसहितका नेताहरू एमालेमा फर्किए >> बुद्ध एयरका मालिकसहितको नयाँ दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र >> सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित >> बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै >> टमाटरमा भविष्य खोज्दै किसान >> सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’ >> सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त >> कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला >> पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु >> निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता >> कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम >> मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट >> रास्वपाले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क ५० हजार तोक्यो >> सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो >> एमालेले बोलायो विघटित संसदीय दलको बैठक >> ३५ सदस्यीय सचिवालय बनाउने तयारीमा नेपाली कम्युनिस्ट पार्टी >> सिके राउतको प्रस्ताव : मधेसलाई स्वायत्त प्रदेश घोषणा गरौँ >> नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेस भवन अगाडि टायर बाल्दै प्रदर्शन >> मधेसमा मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झन्डा फ्याँकियो >> बुटवलमा युनि कन्सल्ट्यान्स अलायन्सद्वारा शैक्षिक परामर्शदाता भेला >> मधेसमा एमाले, राप्रपा र संघीय समावादीबाट एक-एकजना मन्त्री नियुक्त >> मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त >> बढैयाताल गाउँपालिकामा २६ करोड बेरुजु : प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा रकम हिनामिना >> नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास >> आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै >> तिलोत्तमामा मङ्सिर १५ गतेदेखि औद्योगिक मेला हुने >> सामाजिक सञ्जालबाटै बढ्दो ठगी  >> सल्यानमा घरघर पुगेर स्क्रब टाइफसको जाँच >> भैरहवा विमानस्थल खाली भारतमा विमान ‘डाईर्भट’ >> खानेपानी योजनाको बजेट तानातानले सङ्घीयताभन्दा जेठा योजना अलपत्र >> दाङमा बिलबिजक नभएको कपडा बरामद 

माओवादी आन्दोलन संसदीय व्यवस्थामा डुबुल्की मारेर सकियो : राम कार्की

१८ कार्तिक २०८२, मंगलवार
१८ कार्तिक २०८२, मंगलवार

काठमाडौं, १८ कात्तिक ।

माओवादी केन्द्र छाडेका नेता राम कार्कीले नेपालमा माओवादी आन्दोलन संसदीय व्यवस्थामा डुबुल्की मारेर पूर्ण रूपमा सकिएको टिप्पणी गरेका छन् ।

कार्कीका अनुसार माओवादीले गरेको जनयुद्धले समाजका सबै अन्तरविरोध सतहमा ल्याएको थियो । यदि त्यो सकारात्मक ऊर्जा राजनीतिमा प्रयोग हुन सकेको भए मुलुक रुपान्तरित हुन सक्थ्यो ।

तर, माओवादी पार्टी संसदीय राजनीतिमा रुमल्लिएर सकेको उनले निष्कर्ष निकालेका छन् ।

ललितपुरमा आज आयोजित वाम ध्रुवीकरण घोषणाबारेको पत्रकार सम्मेलनमा माओवादी आन्दोलनबारे टिप्पणी गर्दै उनले भने, ‘फेरि सशस्त्र संघर्ष नै निरन्तर लैजानु सम्भव थिएन, तर संसदीय व्यवस्थामै डुबुल्की मारेर पूर्ण रूपमा सकिनु गलत भयो ।’

सशस्त्र संघर्ष रोकिएपछि माओवादीले नयाँ बाटो समात्न नसकेको कार्कीले स्वीकारेका छन् । उनले अब शान्तिपूर्ण तर जुझारु संघर्ष आवश्यक रहेको बताएका छन् ।

उनले कटाक्ष गर्दै भने, ‘हाम्रा नेताहरू ७५ वर्ष पुगिसक्दा पनि म छैन भने मेरो पार्टी रहँदैन भनेर हिँडिराखेका छन् । यो स्थितिको अन्त्य हुनुपर्छ ।’

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन कूशासनको परिणाम भएको भन्दै कार्कीले नेताहरूमा अझै पनि ग्लानीभाव नदेखिएको र क्षमासमेत मागिएको छैन भनी आक्रोश व्यक्त गरे ।

उनले भने, ‘लगातार बिसौं वर्षदेखि वा अझ भनौं ५०औं वर्षदेखि चलेको कूशासन विस्फोट भएको छ । तर, त्यो कूशासनका हर्ताकर्ताहरू अहिलेसम्म जनताको अगाडि आएर क्षमा मागेका छैनन्, जनतालाई माफी मागेका छैनन्, किसानको चित्त बुझेन, नेपाली नवयुवाहरू अनिश्चित भविष्यका लागि विदेशमा दुःखजिलोमा बाध्य छन् ।’

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ८ दलले एकता गर्ने तयारी गरेको अवस्थामा त्यसमा असन्तुष्टि जनाउँदै कार्की, जनार्दन शर्मा, अन्जना विशंखे लगायतका नेताले छुट्टै मोर्चा बनाउन तयारी गरेका छन् ।

असन्तुष्ट पक्षले प्रचण्डसँग असन्तुष्टि जनाउँदै ललितपुरमा पत्रकार सम्मेलन गरी वाम ध्रुविकरण घोषणा गरेको छ ।

यो असन्तुष्ट पक्ष एकीकृत समाजवादीका झलनाथ खनाल, घनश्याम भूसाल र विप्लव नेतृत्वको कम्युनिष्ट पार्टी नेपालबीच मोर्चाबन्दी गर्ने तयारीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?