© २०२३
काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पद फेसबुकले होइन, पार्टीको केन्द्रीय कमिटीले निर्धारण गर्ने बताएका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले भने, “अध्यक्षले छोड्नुपर्छ भन्ने कुरा सुन्छु । मैले हट्नुपर्छ कि पर्दैन भन्ने निर्णय फेसबुकले गर्ने होइन । यही पंक्तिले निर्धारण गर्ने हो ।”
ओलीले पार्टीभित्रका विषयहरू सार्वजनिक रूपमा उठाउनु उचित नभएको टिप्पणी गरे । उनले भने, “बाहिर गएर अखबारबाजी गरेर कतिपय साथीले ‘बोकेर हिँड्न सकिँदैन’ भनेको सुन्छु । म आफैं हिँड्न सक्छु, किन बोक्न पर्यो ?”
पार्टी र पदबाट हट्न पनि एक प्रक्रिया हुने उल्लेख गर्दै उनले भने, “अझै सप्रेन ओली भन्छन् । बिग्रिएको हुनुपर्यो नि सप्रिन ।”
उनको भनाइमा, कुनै पनि निर्णय प्रक्रियागत रूपमा, पार्टीको आन्तरिक संरचनाबाटै हुनु पर्छ । बाह्य दबाब वा सामाजिक सञ्जालको प्रभावमा आएर नेतृत्व परिवर्तन गर्नु नहुने स्पष्ट सन्देश ओलीले दिएका छन् ।