© 2026
काठमान्डौ, २४ असोज ।
नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक अध्यक्ष केपी शर्मा ओली निवास गुण्डु, भक्तपुरमा सुरु भएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक व्यवस्थापन, जेनजी आन्दोलनपछि पार्टीको स्थिति र आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डा विषयमा छलफल हुने एमालेले जनाएको छ ।
बैठकमा अध्यक्ष ओलीले विभिन्न प्रदेश, जिल्ला र प्रवासका अध्यक्षहरूसँग भर्चुअल माध्यमबाट भएको बैठकको जानकारी उपलब्ध गराउनेछन् । साथै, वर्तमान सरकारले लिन सक्ने सम्भावित कदम र आगामी निर्वाचनको सम्भावनाबारे पनि बैठकमा जानकारी दिइनेछ ।
अध्यक्ष ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको भन्दै पार्टीले विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्न पहल गर्ने निर्णय रहेको बताएका छन् ।