© 2026
काठमान्डौ, २४ असोज ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी०ले जेनजी आन्दोलनका क्रममा विद्यार्थीका उत्तरपुस्तिका जलेर नष्ट भएपछि पुनः परीक्षा सञ्चालन गर्ने भएको छ ।
सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार पुनः परीक्षा आगामी मंसिर ४ गतेदेखि सुरु हुनेछ । उनका अनुसार आन्दोलनका क्रममा परिषद्को करिब १४ हजार ७ सय वटा उत्तरपुस्तिका जलेर पूर्ण रूपमा नष्ट भएका थिए ।
जलेका उत्तरपुस्तिकामध्ये डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका विद्यार्थीका परीक्षा पत्र रहेका परिषद्ले जनाएको छ ।
प्रवक्ता आचार्यका अनुसार ती उत्तरपुस्तिका प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका थिए । तर जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी हुँदा ती उत्तरपुस्तिका समेत जलेर नष्ट भएका हुन् ।
परिषद्ले प्रभावित विद्यार्थीलाई पुनः परीक्षा मार्फत निष्पक्ष मूल्यांकन सुनिश्चित गरिने जनाएको छ ।