© 2026
काठमान्डौ, २४ असोज ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आफ्ना चिकित्सकहरूलाई बिरामीलाई सिफारिस गर्ने औषधि नाम ‘जेनेरिक’ ठूला अक्षर ९क्यापिटल०मा लेख्न अनिवार्य गरेको छ ।
अस्पतालका सूचना अधिकारी कालीप्रसाद रायका अनुसार, यस निर्णयको उद्देश्य डाक्टरहरूले हतारमा औषधि प्रिस्क्रिप्सन गर्दा फार्मेसीले नाम बुझ्न गाह्रो हुने, बिरामीको स्वास्थ्यमा जोखिम बढ्ने र औषधि वितरणमा समस्या हुने अवस्थालाई हटाउनु हो ।
नेपाल सरकार र डीन कार्यालयको निर्देशनअनुसार, अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक–शिक्षकहरूले अब बिरामीलाई ‘जेनेरिक’ नाम ठूला अक्षरमा सिफारिस गर्नुपर्ने व्यवस्था लागू गरिएको छ ।
टिचिङ अस्पतालमा दैनिक ओपिडीमा करिब २५००–३००० जना बिरामी आउँछन् भने आकस्मिक ९इमरजेन्सी० कक्षमा दैनिक १५५–१६० जना बिरामी उपचारका लागि आउने गर्दछन् । अस्पतालका अधिकारीहरूले बिरामीको ठूलो संख्या र चिकित्सकहरूमा कामको दबाबलाई ध्यानमा राख्दै औषधि नाम ठूला अक्षरमा लेख्ने निर्णय गरिएको बताएका छन् ।