ट्रेंडिंग:

>> रक्तदाता संघको संस्थागत विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न >> रन-वेको लाइट बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, उडान अस्तव्यस्त >> सिद्धार्थ कटेज रेष्टुरेन्टमा ब्राह्मण भोजन >> रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा : निर्वाचित समितिलाई पदस्थापन >> जुकाको औषधी घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु >> विश्वासको मत नपाएपछि मधेसका मुख्यमन्त्रीले दिए राजीनामा >> औद्योगिक–व्यापारिक क्षेत्रमा गरेको आक्रमण अस्वीकार्य छ : प्रधानमन्त्री कार्की >> विश्व साइकल यात्री “निरञ्जन” कतारमा सम्मानित >> लसुनबाट प्रशस्त आम्दानी गर्दै किसान  >> खस्यौलीलाई द बुद्ध फुटसल कपको उपाधि >> प्रधानमन्त्रीलाई व्यवसायीले भने- तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही होस् >> एम्बुलेन्स चालकहरूले गरे रक्तदान >> शेयर सदस्य वृद्धि गर्ने नौलोको योजना >> आलमको निधनप्रति शोक मनाउँदै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २ दिन पछि सारियो >> हुलाकी सडकका दुई खण्ड अलपत्र >> रामग्राम स्तुपामा नगरपालिका र परियोजना प्रतिनिधि बिच छलफल  >> अपाङ्गता भएकालाई शिवराजको सहायक सामग्री >> अँध्यारो उज्यालो >> १० करोड बढी राजस्व गुमाएपछि निकासीको गृहकार्यमा सुनवल >> महिलाहरुको आम्दानी बन्दै हस्तकलाको सामग्री >> हङकङ सिक्सेसमा नेपाल ४ विकेटले दक्षिण अफ्रिकासँग पराजित >> देउसी–भैलोले बनायो सल्यानमा यात्रु प्रतीक्षालय >> सडक मापदण्डभित्रका घर टहरा हटाउने तयारी >> आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना >> मोहम्मद अफताब आलमको मृत्यु >> ओ ! जङ्गल >> १६औँ कपिलवस्तु महोत्सवको तयारी तीव्र >> राप्ती स्वास्थ्य प्रतिष्ठानको सेवालाई सुदृढ र थप गर्ने निर्णय  >> सामसङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी ट्याब एस-११ >> एनपीएल सिजन २ः युनाइटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल ! >> निर्वाचनमा भाग लिन मतदातालाई प्रधानमन्त्रीको आग्रह >> नबोल्ने बच्चालाई बोल्ने बनाउने ‘जोगीपानी कुवा’ >> शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न >> दाङमा  स्कुलस्तरीय चौथो हप्किडो प्रतियोगिता हुँदै  >> पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु >> १२५ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता >> माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिन्ह यथावत् राख्न आयोगमा निवेदन दर्ता >> काँग्रेस बैठकमा मङ्सिर २४ का लागि विशेष महाधिवेशनको प्रस्ताव पेस >> सङ्घ र प्रदेशका पदाधिकारीहरू भन्छन् : कर्मचारी कटौती संसद्को अवहेलना हो >> ओलीको तिखो प्रश्न : त्यसवेला सुकरात त भागेन, आजको केपी ओली भाग्छ ? >> रवि लामिछानेविरुद्ध प्रतिशोधको प्रमाणस्वरूप रास्वपाद्वारा ६ तथ्य सार्वजनिक >> निर्वाचन नगरी संविधान कार्यान्वयन सम्भव छैन – रास्वपा >> कुलमान लक्षित रास्वपाको टिप्पणी- पार्टी कब्जा गर्ने नियतको खुला प्रतिवाद गर्छौैं >> एमसीसी परियोजनामा संलग्न कम्पनीलाई सरकारले १ वर्षको आयकर छुट दिने >> चालू आवको पहिलो त्रैमासमा बैंकहरूको नाफा खस्किँदा ग्लोबल आईएमई अग्रपंक्तिमा >> नेपाली क्रिकेट टोली स्वदेश फर्कियो >> राहुल गान्धीको दाबी: जेनजीलाई देखाउनेछौँ, मोदी ‘भोट चोरी’ गरेर प्रधानमन्त्री बने >> सर्वोच्च अदालत मङ्सिर १ देखि पूर्णरूपमा सञ्चालनमा आउने >> सावधान ! लिंकमा क्लिक गरेपछि बैंकबाट रकम गायब, ३ ठग पक्राउ >> विप्लव, शर्मा र भुसालबीच राजनीतिक सहकार्य गर्ने सहमति

२७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार, सुरक्षा खतरा बढ्यो

३१ भाद्र २०८२, मंगलवार
३१ भाद्र २०८२, मंगलवार

काठमाडौँ ।

जेनजी आन्दोलनको लहर चलिरहँदा देशभरका विभिन्न कारागारमा बन्द कैदीबन्दीले एकपछि अर्को गर्दै भाग्न थालेपछि मुलुकको सुरक्षा अवस्था कमजोर देखिएको छ। देशका २७ वटा कारागारबाट कुल १४ हजार ५५५ जना कैदीबन्दी फरार भएका छन् भने तीमध्ये अहिलेसम्म ५ हजार ४३४ जना मात्रै फिर्ता भएका छन्। बाँकी ९ हजार १२१ जना अझै फरार छन्।

कारागार व्यवस्थापन विभागका प्रवक्ता चोमेन्द्र न्यौपानेका अनुसार केही कैदी आफैँ फर्किएका हुन् भने धेरैलाई प्रहरीले पक्राउ गरेर पुनः कारागार पठाएको हो। पक्राउ परेकालाई जहाँ पक्राउ परियो, त्यही जिल्लाको कारागारमा राखिएको छ। अहिले पनि फरार भएका केही कैदी कारागार प्रशासनसँग सम्पर्कमा आइरहेका छन् र आफैँ फर्किने तयारीमा छन्।

ललितपुरको नक्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई आन्दोलनकारीले कारागार तोडेर बाहिर निकालेपछि देशभर कैदीबन्दी भाग्ने लहर सुरु भएको थियो। त्यसपछि नक्खुबाट आएका कैदीहरूले काठमाडौँको केन्द्रीय कारागार (सुन्धारा) मा समेत तोडफोड गरे। नक्खुमा घटनाक्रम सुरु भएको केही समयमै सुन्धारामा समेत तोडफोड भई भाग्ने क्रम तीव्र भएको हो।

केन्द्रीय कारागार सुन्धाराबाट मात्र ३ हजार ५२३ जना कैदीबन्दी भागेका थिए। हालसम्म तीमध्ये १ हजार १३४ जना फिर्ता भइसकेका छन्। उनीहरूमध्ये २१० जनालाई प्रहरीले अन्य जिल्लाबाट पक्राउ गरेर त्यही जिल्लाको कारागारमा राखेको हो। बाँकी अझै फरार छन्।

यसैबीच, पूर्वमन्त्री टोपबहादुर रायमाझी बुधबारसम्ममा जेल फर्किने तयारीमा छन् भने पूर्वगृहसचिव टेकनारायण पाण्डेले पनि छिट्टै फर्किने बताइसकेका छन्। चर्चित ३३ किलो सुन प्रकरणमा दोषी ठहरिएका चुडामणि उप्रेती (गोरे) र सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पनि कारागार फर्किइसकेका छन्।

नक्खु कारागारबाट भागेका रवि लामिछाने आफैँ कारागार फर्किएका हुन् भने सञ्जय टकलालाई प्रहरीले काभ्रेबाट पक्राउ गरेर पुनः कारागार ल्याएको हो।

यता काठमाडौँकै डिल्लीबजारस्थित कारागारमा समेत आगजनी र तोडफोड भएको थियो। केही कैदीबन्दी कारागारबाट सडकसम्म पुग्न सफल भए पनि नेपाली सेनाले बल प्रयोग नगरी सम्झाइबुझाइ गरेर सबैलाई फर्काएको थियो। तर, बाँकेको बालसुधार गृहमा भने सशस्त्र प्रहरीले गोली चलाउँदा पाँच जना कैदीको ज्यान गएको छ। यस्तै, धादिङ र रामेछापका कारागारमा भाग्न खोजेका कैदीमाथि सेनाले गोली चलाउँदा धादिङमा दुई र रामेछापमा तीन जनाको मृत्यु भएको छ।

हालसम्म देशका ७५ वटै जिल्लामध्ये २७ वटा कारागारबाट कैदीबन्दी फरार भएका छन्। तीमध्ये झुम्का (सुनसरी), सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नक्खु, सुन्धारा (जगन्नाथदेवल), भीमफेदी (मकवानपुर), रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, तुलसीपुर, नौवस्ता, रुकुम पश्चिम, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरका कारागारहरू समावेश छन्।

कैदीबन्दी भागेपछि समाजमा असुरक्षा महसुस भएको भन्दै प्रहरी प्रशासन सचेत देखिएको छ। आन्दोलनको बेला दुई दिनसम्म प्रहरी अधिकांश स्थानमा उपस्थित हुन नसक्दा नागरिकले प्रहरीको आवश्यकता महसुस गरेको र अहिले प्रहरीलाई फिर्ता ल्याउन नागरिक आफैँ सक्रिय देखिएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले बताएका छन्।

उनका अनुसार आन्दोलनको समयमा प्रहरीका कार्यालयहरूमा तोडफोड, आगजनीका साथै सवारीसाधन, हतियार र बर्दीसमेत लुटिएको छ। अहिले प्रहरीको क्षतिको विवरण संकलन गर्न डीआईजी दीपक रेग्मीको नेतृत्वमा समिति गठन गरिएको छ।

प्रहरी पुग्न नसकेका ठाउँमा स्थानीय बासिन्दाहरूले रातिको समयमा आफैँ गस्ती गरिरहेका छन् भने ध्वस्त भएका प्रहरी कार्यालयहरू वैकल्पिक स्थानबाट सञ्चालनमा ल्याउन थालिएको छ। कतिपय ठाउँमा स्थानीयले नै प्रहरीका लागि अस्थायी आवासको व्यवस्था मिलाइरहेका छन्।

डीआईजी घिमिरेका अनुसार चाडपर्व नजिकिँदै गर्दा नागरिक सुरक्षा थप चुनौतीपूर्ण बनेको छ। यस्तो समयमा कैदीबन्दीको ठूलो संख्यामा भाग्नु र प्रहरी संरचनामा भएको क्षति गम्भीर विषय भएको भन्दै सरकारले प्रहरीको मनोबल उच्च राख्ने तत्काल निर्णय लिनुपर्ने आवश्यकता औंल्याइएको छ। अहिले प्रहरीहरू आफूसँग बाँकी रहेका पोशाकमै खटिइरहेका छन् र जुनसुकै परिस्थितिमा पनि जनताको सुरक्षामा समर्पित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?