Butwal Today

ओमसतिया गाउँपालिकाको कामकाज बन्द

२४ भाद्र २०८२, मंगलवार
अ+
अ-

भैरहवा, २४ भदौ ।

काठमाडौँ लगायत देशभरका विभिन्न सहरहरूमा भएको जेनजीको शान्तिपूर्ण प्रदर्शनका क्रममा १९ जना युवाको दुःखद निधन भएपछि देशभर शोक छाएको छ ।

यस घटनामा थुप्रै प्रदर्शनकारी घाइते पनि भएका छन् । यसै शोकको घडीमा ओमसतिया गाउँपालिकाले एक दिनका लागि आफ्ना सबै कामकाज स्थगित गरेको छ ।

गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) द्वारा जारी गरिएको शोक विज्ञप्तिअनुसार, भदौ २४ गते मंगलबारका लागि गाउँपालिका कार्यालय, सम्पूर्ण वडा कार्यालयहरू, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरू (आकस्मिक सेवा बाहेक) बन्द गरिएको छ ।

विज्ञप्तिमा, यस दुःखद घटनामा ज्यान गुमाएका १९ जना युवाप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । साथै, घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।

जेनजी पुस्ताका युवा र विद्यार्थीहरूले आफ्ना माग राख्दै गरेको प्रदर्शनमा भएको यो दुःखद क्षतिले देशलाई स्तब्ध र मर्माहत बनाएको छ । गाउँपालिकाले यस घटनाप्रति दुःख व्यक्त गर्दै मृतकको सम्मान र घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?