© २०२३
सुर्खेत,२० असार ।
जाजरकोटमा ढुङ्गा लागेर एकै घरका दिदीबहिनीको ज्यान गएको छ । भूकम्प प्रभावित बसेको टिनको टहरोमा ढुङ्गा खस्दा दीदीबहीनीकै ज्यान गएको हो । बिहीबार राति कुशे गाउँपालिका–३ को तर्पेनाका नरबहादुर बुढाका २ छोरीको घरमाथिको भिरबाट आएको ढुंगा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।
राती नौ बजेतिर घर माथि भिरबाट ढुङ्गा खसेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १६ वर्षकी चन्द्रा बुढा र २० वर्षकी शर्मिला बुढा रहेका छन् । ढुङ्गाले च्यापिँदा चन्द्राको घटनास्थलमै मृत्यु भएको र शर्मिलाको उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।