ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयरमाथि कारबाहीको माग

३० जेष्ठ २०८२, शुक्रबार
३० जेष्ठ २०८२, शुक्रबार

रौतहट ३० जेठ।

पत्रकार लाई दुव्यवार गर्ने कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल माथि कारबाहीको माग गरिएको छ।

पत्रकारमाथि दुर्व्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ रौतहट शाखा र प्रेस चौतारी नेपाल रौतहट शाखाले आपत्ति जनाउँदै कारबाहीको माग गरेको हो।

महासंघका सचिव गौतम श्रेष्ठ र प्रेस चौतारी रौतहट शाखाका अध्यक्ष अशोक कुमार पाहाडीले छुट्टाछुट्टै बिज्ञप्ति निकालेर मेयर जयसवालले कटहरिया म्यूजिकल एफएमका समाचार बाचक रबिन्द्र प्रजापतिलाई गाली बेइज्जती र अर्का समाचार बाचक सागर ठाकुरमाथि गरेको आक्रमणको घटनाप्रति गम्भीर ध्यनाकर्षण भएको उल्लेख गरेको छ।

प्रेस चौतारीले जनप्रतिनिधिबाट यस्तो किसिमको व्यवहार हुनु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता माथिको हमला भएको स्पष्ट पारेको छ । सञ्चार क्षेत्रसंग आवद्ध ठाकुरलाई कुटपिट र प्रजापति लाई गाली दिनु स्वीकार्य नहुने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन बिज्ञप्ति मार्फत आग्रह गरिएको छ।

के हो घटना ?

कटहरिया ५ स्थित रहेको खानेपानी आयोजनामा पछिल्लो केही दिनदेखि समस्या भएर पानी सप्लाई बन्द भएको छ। सोही समस्याबारे  समाचार बाचक  रविन्द्र प्रजापतिले सामाजिक सञ्जाल फेसबुकमा बिहीवार एउटा स्टाटस लेखेका थिए।

सोही स्टाटसमा अर्का समाचार ठाकुरले मेयर अजय प्रकाश जयसवालप्रति कडा टिप्पणी गरेका थिए। म्यूजिकल एफएमका प्रमुख तथा मेयर जैसवालका प्रेस सल्लाहकार प्रकाश श्रेष्ठका अनुसार सोही स्टेट्सको बिषयमा कुरा गर्न मेयर जैसवालले  प्रजापति र ठाकुर दुवै जनालाई श्रेष्ठकै घरमा बिहीवार बेलुकी बोलाएका थिए।

घरमा बसेर छलफल भईरहेको समय आफ्नो समर्थक सहित पुगेका मेयर जैसवालले ठाकुरलाई दुर्व्यवहार तथा हातपात गरेको प्रेस सल्लाहकार श्रेष्ठले जानकारी दिएका छन्।

चोटपटक लागेका ठाकुरको अहिले बिरगंजस्थित एक अस्पतालमा उपचार भइरहेको श्रेष्ठले जानकारी दिएका छन्। त्यस अघि मेयर जैसवालले प्रजापतिलाई फोन गरेर गालीगलौज गरेका थिए। पछी उक्त अडियो सामाजिक सञ्जाल फेसबुकमा बाहिरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?