ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ

६ बैशाख २०८२, शनिबार
६ बैशाख २०८२, शनिबार

काठमाडौँ ।

नेपाल बार एसोसिएसनका नवनियुक्त अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले वकिलहरूको दलीय सदस्यता खारेजीका लागि अध्यक्षका प्रतिद्वन्द्वी रहेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठलाई सर्तसहित प्रस्ताव गरेका छन् ।

शनिबार पदभार ग्रहण गर्दै उनले बारमा कहिले बालुवाटार र कहिले सत्तारुढ दलहरू लागेको भनी हल्ला फैलाइएको भन्दै आफूहरू दलीय सदस्यता खारेजीका लागि तयार रहेको बताए । ‘म मेरा मित्र रमनकुमार श्रेष्ठलाई मेन्सन गरेर भन्न चाहन्छु । तपाईं राजनीति सबै वकिललाई छोडाउन चाहनुहुन्छ भने हामी एउटा प्रस्ताव राख्छौँ बार एसोसिएसनबाहेक नेपालका सबै दलीय सदस्यता र अन्य सदस्यता खारेज गर्ने र वकिलको सदस्यता नेपाल बार एसोसिएसन हो । वकिलको विधान बारको विधान हो । वकिलले गर्ने काम राष्ट्रिय सम्मेलनबाट पारित प्रस्ताव कार्यान्वयन गर्ने,’ उनले श्रेष्ठलाई चुनौती दिँदै भने, ‘तपाईँ तयार हो भने भन्नुस् हामी प्रस्ताव पास गर्दिन्छौँ । हामी सबै राजनीतिबाट मुक्त हुन्छौँ ।’

गएको चैत २२ गते सम्पन्न बारको निर्वाचनमा  नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायीको प्यानल लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहका मिश्र अध्यक्षमा विजयी भएका थिए ।

चुनावी प्रचारप्रसारका क्रममा माओवादीनिकट व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता श्रेष्ठले मिश्रलाई सरकारी उम्मेदवारका रूपमा टिप्पणी गरेका थिए ।

नयाँ नेतृत्वलाई सत्तानिकट दलहरूको गठबन्धनबाट निर्वाचित भएको आरोप लागेकोमा त्यसरी नहेरिदिन उनले अनुरोध गरे । उनले यसअघि पनि बारमा राजनीति हुने गरेको बताउँदै आफूलाई राजनीतिक व्यक्तिको रूपमा नहेर्न आग्रह गरे ।

‘बारको निर्वाचनको दौरान हामीलाई सरकारी, बालुवाटार के के भनियो, त्यसको म खण्डन गर्छु,’ उनले भने, ‘बारमा राजनीति सधैँ भइआएकै छ । गणेशराज शर्मा बारमा धेरै राजनीति भयो म कहिल्यै पाइला टेक्दिनँ भन्दै हिँडेको हाम्रै आँखाले देखेको हो।’

उनले आफूहरू पूर्वाग्रही नहुने र श्रेष्ठका विचार पनि बारका एजेन्डा भएको बताए ।

‘बार अध्यक्ष र पदाधिकारीका रूपमा हामीले वकिलका एजेन्डाहरू राख्नुपर्छ, ती कुरा हामी गर्छौँ । रमनजीका सबै विचारहरू हाम्रा एजेन्डा हुन् । हामी पूर्वाग्रही र सरकारी होइनौँ,’ उनले भने, ‘ हामी शुद्ध वकिल हौँ । वकिलकै रूपमा काम गर्छौँ ।’

उनले बारका कुरा बारका फोरम र साधारण सभामा बोलिदिन आग्रह गर्दै बारको कार्यसमितिलाई कमजोर गर्ने गरी अन्तर्वार्ता नदिन पनि श्रेष्ठलाई आग्रह गरे ।

यसै गरी उनले निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दा बारले लड्ने बताएका छन् । निवर्तमान अध्यक्ष घिमिरेले न्यायाधीश नियुक्ति भागबण्डाका आधारमा हुने गरेको बताएपछि मानहानिको मुद्दा लगाइएको बताउँदै उनले त्यसरी मुद्दा लगाउने हो भने सर्वोच्चका पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडालाई पनि लगाउनुपर्ने अभिव्यक्ति दिए । उनले यस्ता मुद्दा आगामी दिनमा आफू र अन्यलाई पनि लाग्न सक्ने भएकाले बारले प्रतिकार गर्नुपर्ने धारणा व्यक्त गरे ।

‘उहाँले पत्रिकामा न्यायपरिषद् न्यायाधीश पदको दलाली गर्ने चौतारी हो भन्नुभएको छ । उहाँलाई पनि लगाउनुपर्ने हुन्छ,’ उनले भने ।

अहिले पनि न्यायपालिकामा भ्रष्टाचार र विकृति कायम रहेको उनको भनाइ थियो । प्रधानन्यायाधीशलाई भेटेर न्यायालय सुधारका लागि सुझाव दिने उनले बताए ।

यस्तै उनले बारलाई कमजोर पार्ने अभिव्यक्ति सह्य नहुने बताए । प्रधान न्यायाधीश र न्यायाधीशहरूले अर्को वकिलको जमात पनि राखिएको भन्ने गरेको गरिएको बताउँदै बार वकिलहरूको संगठन हो भनेर आफूहरूले प्रमाणित गर्ने बताए ।

यसै गरी उनले बार एसोसिएसनसँग छलफल नगरी न्यायाधीश नियुक्ति नगर्न पनि खबरदारी गरे । शनिबार नेपाल बार एशोसिएशनको आयोजनामा वार्षिक साधारण सभा ९२०८०/८१० तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो। गत फागुन २२ गते सम्पन्न बारको निर्वाचनमा मिश्रसहितको प्यानल निर्वाचित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?