ट्रेंडिंग:

>> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा

गण्डक नदी किनारः पर्यटकीय गन्तव्यको खोजी

१२ चैत्र २०८१, मंगलवार
१२ चैत्र २०८१, मंगलवार

नवलपरासी, १२ चैत ।
जिल्लाको सुस्ता गाउँपालिका स्थित गण्डक नदी किनारलाई व्यवस्थित गर्दै पर्यटकीय गन्तव्य बनाउने सम्भाब्यताको खोजी स्थानीयले गर्न थालेका छन् । विगत बर्षमा गण्डक बाँध भत्किने खतरा भन्दै त्रसित भएर बस्नुपर्ने बाध्यता विस्तारै हट्दै गएको र भारतीय लगानीमा नै बाँधहरूको पुर्नंरचना निर्माण भई सकेको हुँदा अब यसक्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने स्थानीयले सम्भावनाको खोजीमा लागेका हुन् ।गण्डक क्षेत्रका पर्यटकिय क्षेत्रको अवस्थाबारे उद्योग वाणिज्य संघका कार्यकारीणी सदस्य अमरचन्द्र अग्रवाल, लेखा समिति संयोजक अर्जुन बहादुर क्षेत्री, नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह् सैथवार र परासी प्रेस क्लबका अध्यक्ष मोहन पौडेल सहितको टोली पुगेपछि स्थानीयले गण्डक क्षेत्रको पर्यटकीय सम्भाव्यताको अवलोकन गराएका थिए । गण्डक क्षेत्रमा भारतले आफ्नो तरिकाले डुबान नियन्त्रणका लागि संरचनाहरू तयार गरेको भएपनि अब त्यसलाई साज सज्जा गरी पर्यटक ल्याउनका लागि स्थानीयले संघसंस्था र सरकारको साथ खोजेको स्थानीय लख्खु यादवले बताए । उनले सो टोलीलाई पर्यटकीय क्षेत्रको आधारहरू देखाउँदै यसलाई बजारीकरण र ब्राण्डिँगमा उबासंघको साथ चाहिएको जनाए । संरचना बनी बनाउँछ, उनले भने, स्थानीयमा काम गर्ने उत्साह पनि छ, तर यहाँसम्म पर्यटक ल्याउने कार्यमा संघले भूमिका निर्वाह गरिदिन प¥यो । संघका प्रतिनिधिले गण्डक क्षेत्रको पर्यटनबारे आफूहरूले संघको बैठकमा एजेण्डा बनाई निर्णय गराएर अगाडि बढ्ने आश्वासन दिएका थिए ।

दुई बर्ष पहिला पनि गाउँपालिकाले तिनै गण्डक बाँध अन्तर्गतका पूर्वाधार उपयोग गर्दै पर्यटन योजना बनाउने तयारीमा जुटेको थियो । तत्कालिन प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकास पौडेलले काम गर्न तत्परता देखाए पनि उनको सरुवासँगै ती योजनाहरू अहिले निस्कृय बनेका छन् । तर स्थानीयले सो योजनामा स्थानीय बासिन्दाको तर्फबाट काम गर्न अहिले पनि तयार रहेको दाबी यादवको छ । गण्डक बाँधको मर्मत सम्भार भए पश्चात तिनै बाँध नजिकैका पूर्वाधारहरूलाई फरक तरिकाले सजिसजाउ गरि आकर्षक बनाई पर्यटक तान्ने योजना बनाउन सम्बन्धित वडाका वडा अध्यक्षहरूले अग्रसरता देखाएपछि गाउँपालिकाले पनि पर्यटन योजना बनाउन लागेको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताएका थिए ।
विगत बर्षमा गण्डक बाँध अन्तर्गतकै वि ग्याप बाँध, लिँक बाँध, नेपाल बाँध र सि ग्याँप बाँधका संरचना भारतद्वारा अर्बाै रुपियाँ खर्चेर मर्मत सम्भार गरिएको छ । तर तिनै पूर्वाधारहरू नजिकै केही स–साना पूर्वाधार बनाउने, सरसफाई गर्ने र रंगरोगन, आकर्षक मनमोहक दृष्य देखिने खालका सामान्य लगानी थपेर गाउँपालिकाको पर्यटन योजना बनाउने छ । योजनामा गण्डक नदि किनारमा बाँध संरक्षणका लागि बनाईएका ब्लकहरू रंगाउने, त्यहाँ बस्नका लागि पक्कि तथा काठे कुर्सि तथा बेन्चहरू राखिदिने कार्य हुन्छ । नदिमा पस्नका लागि सुरक्षित र ब्यवस्थित स्टिल तथा सिक्री जडान गरिने छ ।
जस्ले गर्दा नदीमा पसेर स्थान गर्न चाहनेले सुरक्षित तरिकाले स्थान गर्न सक्छन्, । त्यसै गरि बाँध नजिकै खाने बस्ने सेवा सहितको रेष्टुरेन्ट सञ्चालनका लागि गाउँपालिकाले प्रोत्साहन गर्ने योजना बनाएको थियो ।

पर्यटन प्रवद्र्धनका लागि गँगा मन्दिरमा पूजापाठ तथा आरतीका कार्यक्रमहरू पनि सञ्चालन गर्नका लागि वडा अध्यक्षहरू तयारीमा जुटेका पनि थिए । अध्यात्मिक पर्यटकका लागि अध्यात्मिक पूर्वाधार बनाईने अग्रसरता देखाएका थिए । त्यसैगरि नदीमा जल विहार गर्नका लागि ढुगाँ व्यवस्थापन तथा नदीको विचमा रहेको गण्डक टापुहरूलाई समेत ब्यवस्थापन गरि पर्यटकहरूलाई रमाउने वातावरण योजना भित्र समेट्ने कार्ययोजना थियो ।गण्डक बाँधहरूको मर्मत सम्भार गर्ने,निर्माण गर्ने कार्य भारतले अर्बाै रुपिया खर्चेर बनाइसकेको छ, । तर नेपाल सरकार तथा स्थानीय तह लगायत स्थानियबासीले त्यसलाई पर्यटन पूर्वाधारको रूपमा उपयोग गर्न सकेका छैनन् । जबकी त्यही पूर्वाधार बनाउनका लागि नेपाल सरकारले अर्बाै रुपिया खर्चे पनि बनाउन मुस्किल थियो । गण्डक नदीको वि ग्याँप बाँधको विच विचमा दर्जनौ स्परहरू रहेका छन् । त्यसलाई सजाउने र सौन्दर्यिकरण गर्ने कार्य अब मात्र बाकी छ । त्यसै गरि ति स्परका फिँगरहरू रहेका छन्, । त्यसलाई आकर्षित तरिकाले सजाउन सकिन्छ । आउने पर्यटकको खान पानका लागि पनि विभिन्न जोनको रूपमा छुट्याउने र ब्यवस्थापन गर्न सकिन्छ । फिस जोन,मिट जोन र फ्रुट जोन जस्ता बनाइयो भने आउने पर्यटकले आफुले स्थान रोजेर खाने रमाउने अवसर पाउने छन् ।

पर्यापर्यटन तथा धार्मिक पर्यटनसँगै यस क्षेत्रमा जल विहार तथा गहिरो पानीमा एडवान्चर डुबुल्की लगाउने साहसिक खेलको आयोजना गर्न सकिन्छ । त्यसका लागि सम्बन्धित निकायसँग अनुमति र विमासँग सहकार्य गरेर उक्त कार्य गर्न सक्ने आधार पनि छन् । अन्तराष्ट्रिय विमान स्थल भैरहवा देखी बढिमा ६० किलोमिटर दुरीमा रहेको गण्डक क्षेत्रलाई पर्यटनसँग जोड्ने गरि कार्य हुने उनको भनाइ थियो । लुम्बिनीमा बौद्ध पर्यटनसँगै जोडिएको नेपालको बोधगया भनेर चिनिने अनोमाघाट यसै गण्डक नदि किनारमा रहेको छ । ग्रेटर लुम्बिनीमै समावेश गरि बौद्ध पर्यटन हुन्छ । गण्डक नदीसँगै जोडिएको सुस्ता तालमा रहेका गोहीहरूको दृष्यावलोकन गराई पर्यटकलाई आकर्षित गराउन सकिन्छ । भौतिक पूर्वाधारमा भारतले नै झण्डै १३ अर्ब लगानी गरिसकेको छ । नेपालले त्यसलाई सजावट गर्न मात्र बाकी रहेको छ ।
त्यसै गरि नदीको छेउमा कटान रोक्न बनाईएका पर क्युपाईनहरूलाई पनि सजाईयो भन्ने आर्कै आकर्षण दिन सकिने आधार देखिएको छ । स्थानियमा उत्पादन हुने उखुबाट बन्ने खुदो, जुस, राब, महिया लगायतका परिकार, केराबाट बन्ने प्रकार,बदामका परिकार, गण्डकको माछा जुन आफैमा खाद्य ब्राण्ड हो। गण्डक (नारायणी) को माछा भनेर देश भरि ब्राण्ड बनेको छ,तर गण्डक छेउमै त्यसको परिकार खुवाउने गरि किन ब्राण्डिगँ गर्न सकिन्छ । यसका लािग बेला बेला फुड फेस्टिबल गरेर डमोस्ट्रेसन गर्न आवश्यक छ । सुस्ता गाउपालिकामा मात्रै गण्डक नदी ९ किलोमिटर छ । अहिले नेपालकै सबै भन्दा ठूलो झण्डै तीन किलोमिटर लामो सुस्ता झोलुगेँपुलले पनि आकर्षण थपेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?