ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

शिक्षालाई जीवनोपयोगी बनाउनु आवश्यक छः वडा अध्यक्ष सापकोटा

२२ माघ २०८१, मंगलवार
२२ माघ २०८१, मंगलवार

चन्द्रौटा , २२ माघ ।

शिवराज नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले शिक्षालाई जीवनोपयोगी बनाउनु आवश्यक रहेको बताएका छन्। कपिलवस्तुको ३ नम्बर वडा खरेन्द्रपुरमा आयोजित सरस्वती पूजा तथा अक्षराम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सैद्धान्तिक ज्ञान मात्रै नभएर व्यवहारिक ज्ञान समेत हुन आवश्यक रहेको जनाउँदै भान्सको पनि हुन आवश्यक रहेको सापकोटाले बताए। छोटो समयावधिमा अक्सफोर्ड इंग्लिश बोर्डिङ स्कूलले प्रभावकारी विद्यार्थी जुटाउन सफल भएको उनले बताए। विद्यार्थी असर नपुग्नेगरी घरमा घरायसी काममा समेत लगाई व्यवहारमा उर्तानुपर्नेमा अध्यक्ष सापकोटाले बताए।

वडा अध्यक्ष सापकोटाले विद्यार्थीलाई केवल किताबी ज्ञान मात्रै नभई व्यवहारिक सीपको समेत जरुरी रहेको बताए। उनले भने, “शिक्षा भनेको केवल परीक्षा पास गर्नका लागि मात्र होइन, जीवन जिउनका लागि हो। विद्यार्थीहरूलाई भान्से ज्ञान, घरायसी कार्य, आत्मनिर्भरता र सामाजिक उत्तरदायित्वबारे पनि सिकाउनुपर्छ।” विद्यालय सञ्चालन भएको २ बर्ष भएपनि लामो समय सञ्चालन भएको जस्तो विद्याथीहरुलाई संस्कृति र संस्कारसँगै व्यवहारिक ज्ञान प्रदान गरेको प्रशंसा समेत उनले गरे।

विद्यालयका प्रधानाध्यापक दिनेश भट्टराईले पनि व्यवहारिक शिक्षाको महत्वलाई स्वीकार्दै भने, “हाम्रो विद्यालयले विद्यार्थीलाई व्यावसायिक तथा व्यवहारिक सीप सिकाउने प्रयास गरिरहेको छ।” उनले विद्यार्थीहरूलाई जीवनोपयोगी सिप प्रदान गर्न विभिन्न तालिमहरू सञ्चालन गर्ने योजना रहेको जनाए। आगामी दिनमा प्रभावकारी ढंगले फरक तरिकाले विद्यालयलाई अघि बढाउने उनको भनाइ छ।

कार्यक्रममा स्थानीय अभिभावक, विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूले समेत कार्यक्रमलाई सम्बोधन गर्दै नृत्य, निवन्ध, रचना लगायत प्रस्तुति राखेको र स्कूल सञ्चालन भए यता प्रति महिना लागु गरिएको अनुशासन पालना गरेका दर्जनौँ विद्यार्थीलाई सम्मान गरिएको विद्यालयले जनाएको छ। सोमबार सरस्वती पूजाका अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने अभिभावकहरूले विद्यालयको शिक्षण पद्धतिप्रति सकारात्मक प्रतिक्रियासमेत जनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?