ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

लागू औषध दुब्यर्सनी सम्बन्धी रोकथाम,अन्तरक्रिया तथा सचेतना कार्यक्रम

२१ माघ २०८१, सोमबार
२१ माघ २०८१, सोमबार

बुटवल, २१ माघ ।
लागूऔषध दुब्यर्सनी सम्बन्धी रोकथाम, अन्तरक्रिया र सचेतना कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा रुपन्देही, बुटवल उपमहानगरपालिका र प्रहरी चौकी श्रवणपथ, बुटवलको संयुक्त आयोजनामा सोमबार लागू औषध रोकथामसम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेखी अर्यालले लागू औषध दुब्यर्सनीको समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको बताईन । प्रहरी प्रशासनको प्रयासबाटमात्र यो सफल नहुने भन्दै समुदायका सबै पक्ष यस विषयमा गम्भिर बन्न आग्रह गरिन ।

कार्यक्रममा सहभागीहरुलाई ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक धर्मराज खत्री र वरिष्ठ मनोरोग विशेषज्ञ डा. मनोज ढुङ्गानाले सहजिकरण गरेका थिए । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक धर्मराज खत्रीले लागू औषध नियन्त्रणमा समुदायको भूमिका महत्वपूर्ण हुने बताउदै अवैध लागू औषध कारोबारबारे समयमा नै प्रहरीलाई जानकारी दिन आग्रह गरे ।

कार्यक्रममा वरिष्ठ मनोरोग विशेषज्ञ डा. मनोज ढुङ्गानाले लागू औषधबारे प्रकाश पार्दै यसको दुष्प्रभाव र रोकथामका उपायहरूबारे जानकारी दिए ।

कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका जिल्ला अध्यक्ष खड्ग बहादुर खड्काले युवाहरूमा लागू औषधको प्रयोग न्यूनीकरण गर्न शिक्षा, अभिभावकीय निगरानी र समुदायस्तरबाट पहल आवश्यक रहेको बताए । कार्यक्रमबाट सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा विशेष सल्लाहकार बाबुराम भट्टराई, लुम्बिनी प्रदेश अध्यक्ष लुकराज न्यौपाने, श्रवणपथ प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक खगेन्द्र पराजुली, बुटवल उपमहानगर पालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे, संघका महासचिव कृष्ण प्रसाद शर्मा पोख्रेलले ब्यवसायीक हकअधिकारसंगै समुदायमा सचेतनाका महत्वपूर्ण कार्यक्रममार्फत संघबाट उदाहरणीय काम भएको बताए ।

कार्यक्रममा स्थानीय समुदायका सदस्यहरू, स्वास्थ्यकर्मी, र प्रहरी प्रतिनिधिहरूले भाग लिएको कार्यक्रम संयोजक तथा जिल्ला शाखाका कार्यसमिति सदस्य एकादेव वस्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?