ट्रेंडिंग:

>> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा

प्रदेशस्तरिय सितोरियो करातेको दीक्षान्त

खेल क्षेत्रको विकासका लागि खेलाडीबाट नेतृत्व जरुरी
२१ माघ २०८१, सोमबार
२१ माघ २०८१, सोमबार

बुटवल, २१ माघ । खेल क्षेत्रलाई विकासको गति दिन खेलक्षेत्रबाट नेतृत्व जरुरी रहने एक कार्यक्रममा बोल्ने बक्ताहरुले दाबी गरेका छन । रुपन्देहीमा शुरु भएको ३ दिवसीय लुम्बिनी प्रदेशस्तरिय सितोरियो कराते दीक्षान्त समारोहमा बोल्ने बक्ताहरुले खेलाडीहरुबाट नै खेल संस्थाको नेतृत्व लिनुपर्ने बताए ।

नेपाल सितेरियो कराते संघ, केन्द्रीय कमिटीको आयोजनामा सोमवार बुटवलमा आइतवारबाट सुरु गरिएको दीक्षान्त कार्यक्रमको उद्घाटन गर्दै नेपाल कराते महासंघका केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव युवराज लामाले खेल संस्थामा गैर ब्यक्तिको नेतृत्वको कारण पछि परेको दाबी गरेका छन । ‘राष्ट्रको विकास र खेल गतिविधि बढाउनका लागि खेलाडीहरुको महत्वपूर्ण भूमिका रहेको हुदा उनीहरुबाट नै खेल संस्थाहरुको नेतृत्व हुनुपर्छ ।’– उनले भने । नेपालको खेलकुद क्षेत्रलाई राजनीतिक नेतृत्वबाट विकृत र क्रिडास्थल बनाएको आरोप लगाउदै उनले त्यसलाई तोडेर अगाडी बढ्नु आजको आवश्यकता भएको जिकिर गरे । नेपालको खेलकुदको क्षेत्रमा मार्शल आटमध्ये पनि कराते खेलको विशिष्ट योगदान स्थान रहेको र अन्तराष्ट्रिय स्तरमा पदक दिलाउने विधाको रुपमा परिचित भएको बताए । करातेका नाममा मेनपावर कम्पनी चलाउने र संघसंस्थाको खेती गर्ने एक समुहको धन्दा रोकिएको दाबी गर्दै उनले पछिल्ला दिनमा यसैकारण कराते महासंघको विरोधमा लागेको आरोप लगाए । खेलकुद परिषद र विश्व कराते महासंघको अधिन र विधिमा कराते महासंघ अगाडी बढ्ने समेत उनले स्पष्ट पारे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका पूर्वप्रमुख शिवराज सुवेदीले खेलकुदको विकासका लागि आफ्नो नेतृत्वमा धेरै राम्रा कामहरु भएको बताउदै खेलकुद क्षेत्रलाई गलत राजनीतिक हस्तक्षेपबा विगार्ने काम गरेको हुदा त्यसका विरुद्ध लाग्न खेलाडीहरुलाई आग्रह गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका पूर्व सदस्य सचिव जयप्रकाश भट्टराईले नेपाल ओलम्पिक कमिटीमा देखिएको विवादकै कारण नेपालको खेलकुद क्षेत्र बदनाम भैरहेको उल्लेख गर्दै संस्थागत रुपमा नचलेका संघ र नेतृत्वलाई वर्तमान ओलम्पिक कमिटीको नेतृत्वबाट काखी च्यापे गलत काम भएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका ६ जिल्लाका करिब २ सय ५० कराते खेलाडीको सहभागिता रहेको छ । दीक्षान्त कार्यक्रमलाई दुई चरणमा गर्ने योजनासहित पहिलो चरणमा प्रदेशका ६ जिल्लाहरु रुपन्देही, कपिलबस्तु, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाचीका खेलाडीलाई बुटवलको कार्यक्रममा समावेश गरिएको र दोस्रो चरणमा जिल्लाका खेलाडीहरुलाई समावेश गरि कार्यक्रम गर्ने तयारी रहेको संघका प्रदेश अध्यक्ष सन्तोष सिंहले बताए । सो अवसरमा सहभागी खेलाडीहरु मध्ये १ सय ५० जनालाई फष्ट र सेकेण्ड डन तथा बाकीलाई थर्ड डनमा अपग्रेडिङ गरिएको संघले जनाएको छ ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, कार्यक्रम नेपाल सितेरियो कराते संघका अध्यक्ष दावा गुरुङ्क, प्रदेश सचिव नारायण थापाले खेल क्षेत्रमा देखिएको विकृति हटाउन सबै एकजुट हुुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?