© 2026
काठमाडौं।
आज विश्वभर विश्व सिमसार दिवस मनाइँदैछ। यस वर्षको दिवस ‘हाम्रो साझा भविष्यका लागि सिमसार क्षेत्रको संरक्षण’ भन्ने नारासाथ मनाइँदै छ।संयुक्त राष्ट्रसंघले सन् २०२१ को अगष्ट ३० मा प्रत्येक वर्षको फेब्रुअरी २ मा विश्व सिमसार दिवस मनाउने निर्णय गरेको थियो। सन् १९७१ मा इरानको रामसार सहरमा आयोजित अन्तर्राष्ट्रिय महत्वको सिमसारसम्बन्धी महासन्धिको अंगीकार गरिएको दिनको सम्झनामा यो दिवस मनाइन्छ।
यस महासन्धिले संरक्षित क्षेत्रहरूको घोषणा, प्रभावकारी नीतिको कार्यान्वयन र ज्ञान आदानप्रदानमार्फत राष्ट्रहरूलाई आफ्ना जलाधार क्षेत्रहरूको संरक्षण र दिगो उपयोगका लागि आवश्यक कदम उठाउन सक्षम बनाउने उद्देश्य राख्दछ।सन् १९७१ को रामसार महासन्धिमा कुल १७२ राष्ट्रले अङ्गीकार गरेका छन्, जसले अन्तर्राष्ट्रिय महत्वका सिमसार क्षेत्रको सूची (रामसार क्षेत्र) मा कम्तीमा एउटा जलाधार समावेश गर्नुपर्ने नियम बनाएको छ।
नेपालका कोशी टप्पु वन्यजन्तु आरक्ष, राराताल, माईपोखरी, फोक्सुण्डो ताल, बिसहजारी ताल, घोडाघोडी ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल, जगदीशपुर जलासय र पोखरा उपत्यका तथा त्यस क्षेत्रका नौवटा ताल रामसार क्षेत्रको सूचीमा समावेश छन्।