Butwal Today

खुत्खुते सामुदायिक बनको १४औं वार्षिक साधारणसभा

२० माघ २०८१, आइतबार
अ+
अ-

जितपुर, २० माघ ।
वाणगंगा नगरपालिका–९, उत्तम नगर टोल भर्लाबासमा रहेको खुत्खुते सामुदायिक बनको १४औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा समूहका सचिव खड्प्रसाद बुढा मगरले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
कोषाध्यक्ष बसन्ता रायमाझीले आर्थिक वर्ष २०८०/८१ को लागि कुल २ करोड ६५ लाख ९९ हजार रूपैयाँ बराबरको आम्दानी–व्यय सार्वजनिक गरिन सामुदायिक बनका अध्यक्ष भीम बहादुर पुनले खुत्खुते सामुदायिक बनको आगामी नीति तथा कार्यक्रमबारे धारणा राख्दै बन संरक्षण, व्यवस्थापन र दिगो प्रयोगको महत्वलाई उजागर गरे ।

साथै, लेखा संयोजक शुशिला कार्की खत्रीले सुझावसहित लेखा प्रतिवेदन प्रस्तुत गरिन् । साधारणसभाको अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत बिपन्न परिवारका ९ जना विद्यार्थीलाई छात्रवृत्तिस्वरूप पाठ्य सामग्री र स्कुले झोला वितरण गरियो । यस कार्यक्रमले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउने विश्वास गरिएको छ । साथै सामुदायिक बनले २२ जना एकल महिलालाई पनि दोसल्ला र नगदबाट सम्मानित गरेको थियोे ।वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले सामुदायिक बनलाई वाणगंगा नगरको अमूल्य सम्पत्ति भएको बताउँदै बन व्यवस्थापनमा पारदर्शिता आवश्यक रहेको उल्लेख गरे । उनले वनको सही सदुपयोग गर्दै संरक्षण तथा संवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वैज्ञानिक वन महासंघकी केन्द्रीय अध्यक्ष रेनु सेनले सामुदायिक बनको मुख्य स्रोत वैज्ञानिक वन व्यवस्थापन भएकाले यसको सही संरक्षण तथा सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गरिन् । यसैगरी, वाणगंगा–९ को सामुदायिक बनको तर्फबाट कोटिहवा सामुदायिक वनका अध्यक्ष धुर्ब बेल्बासे पनि आफ्नो शुभकामना मन्तव्य राखे । शुद्धोदन मावि, जिनुवा, कक्षा ११ की छात्रा अनिशा भाट क्षेत्रीले खुत्खुते सामुदायिक बनले समुदायमा पु¥याएको योगदानबारे कविता वाचन गरेकी थिइन्, जसले कार्यक्रममा विशेष रोचकता थपेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?