Butwal Today

सुरक्षित र आधुनिक अध्ययन वातावरणका लागि नयाँ विद्यालय भवन

२० माघ २०८१, आइतबार
अ+
अ-

सल्यान, २० माघ ।
सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ४, गाडापानीस्थित गायत्री आधारभूत विद्यालयको नयाँ चार कोठे पक्की भवन उद्घाटन गरिएको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट आ.व. २०८०/०८१ मा विनियोजित बजेटबाट भवन निर्माण भएको वडा अध्यक्ष मित्र कठायतले जानकारी दिए । शनिबार कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले नवनिर्मित भवनको उद्घाटन गरेका हुन ।
कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भवन निर्माणले विद्यार्थीलाई सुरक्षित र आधुनिक अध्ययन वातावरण उपलब्ध गराउने भएकाले शैक्षिक स्तरमा सुधार आउने विश्वास व्यक्त गरे । उनले आगामी दिनहरूमा विद्यालयमा थप शैक्षिक कार्यक्रम र सामुदायिक विकासका पहल गरिने बताए । कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी लगायतले बोल्दै शिक्षा क्षेत्रलाइ प्राथमिकता दिएर पालिकाले काम गरिरहेको उल्लेख गरे । कार्यक्रममा वडा अध्यक्ष कठायत सहित वडाका जनप्रतिनिधि, नेरामावि किमुचौरका प्राचार्य दामोदर शर्मा र नेपाली कांग्रेसका प्रतिनिधि यगराज वली लगायतको समभागिता थियो । विद्यालय व्यवस्थापन समितिले भवन निर्माणमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?