Butwal Today

श्रमिक कम्युनिष्ट पार्टी बन्यो समाजवादी कम्युनिष्ट पार्टी

२० माघ २०८१, आइतबार
अ+
अ-

बुटवल, २० माघ ।
विप्लव नेतृत्वको नेकपा बाट विभाजित भएर नेकपा बहुमत र त्यसबाट पनि विभाजन भएर गठन भएको श्रमीक कम्युनिष्ट पार्टीको रूपन्देहीको देवदहमा सम्पन्न विशेष राष्ट्रिय सम्मेलनबाट पार्टीको नाम परिवर्तन सहित महासचिव केन्द्रीय सल्लाहकार कमिटि गठन गरिएको छ ।रूपन्देहीमा सम्पन्न उक्त पार्टीको विशेष भेलाबाट समाजवादी कम्युनिष्ट पार्टी नेपाल नाम परिवर्तन गरिएको उक्त पार्टीका महासचिव पूर्ण बहादुर सिंहले जानकारी दिए । उनका अनुसार केन्द्रीय विशेष सम्मेलनबाट २५ बुँदे विशेष प्रस्तावना समेत पारित गरेको छ । पार्टीले बैज्ञानिक समाजवादको यात्रा तय गर्ने दिर्घकालिन उद्देश्य सहितको योजना बनाएको महासचिव पूर्ण बहादुर सिंहले बताए ।

केन्द्रीय विशेष सम्म्मेलनबाट अन्तराष्ट्रिय तथा राष्ट्रिय सत्रु र मित्र पहिचान गर्ने, बैज्ञानिक समाजवादको कार्यदिशा पारित गर्ने, सम्मेलनबाट मानध्वज श्रेष्ठलाई सल्लाहकार समितिको अध्यक्षमा निर्वाचित गरेको छ । यस्तै पार्टीले ५५ सदस्यीय केन्द्रीय समिति, स्थायी कमिटि, राजनीतिक ब्युरो, पाँच सदस्य सल्लाहकार समिति, विज्ञ सल्लाहकार समिति सहित ७७ सदस्य केन्द्रीय सांगठनिक परिषद् निर्वाचित गरेको छ ।
नेपाली जनता राजनीतिक रूपमा वितृष्ण फैलिएको परिपेक्षमा बर्तमान संघीदीय व्यवस्था नै खारेजको माग समेत यो सम्मेलनबाट माग समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?