Butwal Today

शिक्षालाई प्रभावकारी बनाउन नीतिगत परिवर्तन जरुरी

२० माघ २०८१, आइतबार
अ+
अ-

बुटवल, २० माघ ।
नेपालको शिक्षालाई प्रविधिमैत्री र प्रभावकारी बनाउन नीतिगत परिवर्तन आवश्यक रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । नेपाल स्टिम एलायन्सको आयोजनामा शनिबार सम्पन्न बुटवल सम्मेलन २०२५ मा बोल्ने बक्ताहरुले आजको आवश्यता अनुसार प्रविधिमैत्री शिक्षा बनाउने गरि सरकार लाग्नुपर्ने सुझाव दिए ।

कार्यक्रमको लुम्बिनी प्रदेशका माननिय विष्णु पन्थीले उद्घाटन गर्दै प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भएको बताए । नयाँ प्रविधिहरूलाई शिक्षण पद्दतिमा समावेश गर्न नीति परिवर्तनको आवश्यकता रहेको भन्दै यसबाट ब्यवहारिक र दक्ष जनशक्ति उत्पादन गर्न सकिने बताए ।
कार्यक्रममा शिक्षाविद डा. राम हरि लामिछानेले विद्यार्थीहरूको जीवनमा प्राविधिक सीपहरूको लक्ष्य र भूमिका विषयमा आफनो प्रस्तुति दिदै सरकार यस विषयमा गम्भिर हुनुपर्ने बताए ।

कार्यक्रममा नेपालको आइबी कार्यक्रमका प्रशिक्षक मंगोलिका चक्रवर्तीले कक्षा कोठामा प्रगतिशील शिक्षण सिकाइ पद्दतिको बारेमा चर्चा गर्दै नवीनतम शिक्षण विधिहरूबारे जानकारी दिईन ।

कार्यक्रममा नेपाल स्टेम एलायन्सका शैक्षिक प्रमुख दिपर्सन श्रेष्ठले बुटवलका विद्यार्थीहरू मानवी र प्रवेशद्वारा तयार गरिएका प्रोजेक्टहरू उजागर गर्ने विशेष सत्र संचालन गर्दै कोडिङ कार्यक्रम र यसको फाइदा बारे प्रकाश पारे ।

नेपाल स्टिम एलाएन्सका संस्थापक एवम प्रमुख कार्यकारी अधिकृत सुशील बुढाथोकीले आधुनिक विश्वमा कोडिङ र प्राविधिक सीपहरूको प्रवृत्ति तथा बुटवलसँगको तुलना विषयमा जानकारी प्रस्तुत गर्दै नेपाल स्टेम एलायन्स प्रविधि शिक्षामा रहेको खाडललाई कम गर्दै विद्यार्थीहरू र शिक्षकहरूलाई नवीनतम डिजिटल युगमा अघि बढ्न आवश्यक सीप प्रदानको प्रतिबद्धता गरे । सम्मेलनबाट शिक्षक, विद्यार्थी, राजनीतिक नेतृत्वहरुलाई शिक्षामा प्रविधिको एकीकरणका विषयमा छलफल गर्न महत्वपूर्ण मंच उपलब्ध गराएको उनले बताए ।

कार्यक्रममा कोडिङ ओलम्पियाड नेपालका कार्यक्रम संयोजक सुसन डंगोलले कोडिङ ओलम्पियाड नेपालको यात्रा र कोडिङ ओलम्पियाड नेपाल २.० को आधिकारिक रूपमा सुरुवातका ईतिहास बताए ।

लुम्बिनी वल्र्ड स्कूलका प्रधानाध्यापक विष्णु प्रसाद ढकालले दुई बर्षको अवधिमा कोडिङ कक्षा स्कुल पाठ्यक्रमको सफल कार्यान्वयनको अनुभव र विद्यार्थीहरुमा आएको सिकाई विकासबारे प्रकाश पारे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका नव–निर्वाचित प्याब्सन अध्यक्ष लालहरी पाण्डे, नेपाल स्टेम एलायन्सका प्रविधि तथा मार्केटिङ सल्लाहकार सौगात बास्तोला, नेपाल स्टेम एलायन्सका प्रमुख सल्लाहकार राजेन्द्र घिमिरेले सिकाईको नया आयामको रुपमा भएको बताए ।
कन्फेरेन्समा ६०० भन्दा बढीको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?