Butwal Today

नेपालको लगातार तेस्रो हार, नेदरल्यान्ड्ससँग १५ रनले पराजित

२० माघ २०८१, आइतबार
अ+
अ-

काठमाडौँ।

त्रिकोणात्मक टी ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपाललाई लगातार तेस्रो हार सामना गर्नु परेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आजको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको हो।

नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो। नेदरल्यान्ड्सले १४१ रनको लक्ष्य नेपाललाई प्रस्तुत गरेको थियो। नेपालका लागि सिता रानामगरले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा ५ विकेट लिइन्।

दोस्रो इनिङमा नेपालले स्थिर सुरुआत गरेको थियो। सम्झना खड्का र ममता चौधरीले पहिलो विकेटका लागि ५.५ ओभरमा ३१ रनको साझेदारी गरे। तर, ममता १३ बलमा सात रन बनाउँदै आउट भइन्। त्यसपछि सम्झना पनि २३ रनमा पेभिलियन फर्किइन्।

तेस्रो नम्बरमा आएका पूजा महतो र कप्तान इन्दु बर्माबीच राम्रो साझेदारी भयो, जसले ३७ रन थप्दै नेपाललाई १२.३ ओभरमा ७१ रनमा पुर्‍यायो। तर, पूजा महतो १८ रनमा आउट भइन्। उनले १८ बलमा १ चौका प्रहार गरेकी थिइन्।

रन गति बढाउन नसक्दा नेपालमाथि दबाब बढ्दै गयो। कप्तान इन्दुले ३० रनमा विकेट गुमाइन्। रुबिना क्षेत्री पनि पहिलो बलमै आउट भइन्। नेपालले पूरा २० ओभर खेलेर ८ विकेटको क्षतिमा १२५ रन मात्र जोड्न सक्यो। नेपालले १६ अतिरिक्त रन प्राप्त गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?