© 2026
गुल्मी, २० माघ ।
गुल्मीमा लु ३ त ५११२ नम्बरको ट्याक्टर दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ट्याक्टरका सहचालक गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका –२ अर्बेनी निवासी वर्ष ५५ का देब बहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
दुर्घटनामा घाइते बनेका बिकको उपचारको क्रममा गल्याङ नगर अस्पताल स्याङ्जामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिएका छन्।
गुल्मीस्थित कालीगण्डकी गाउँपालिका –२ अर्बेनीबाट भित्री कच्ची सडक खण्डमा बिसौनातर्फ जाने क्रममा ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक फरार रहेको हुँदा उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ।