ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

प्रगतिशील साहित्यलेखन यात्रा

१९ माघ २०८१, शनिबार
१९ माघ २०८१, शनिबार

कुनै काम नभएर मन बराल्न र समय कटानीका लागि कोरिएका उद्देश्यहीन रचना प्रगतिशील होइनन् । समाजको आवश्यकतालाई नऔल्याएर केवल भावुकताका मनोवेगहरूलाई अर्थहीन,श्रृङ्खलारहित र योजनाहीन तथा विचार,दर्शन र दृष्टिकोण नराखी रचिएका साहित्य पनि प्रगतिशील हुन सक्दैनन् । (डा.हरिप्रसाद सिलवाल, संस्कृति अंक–१३,२०७९)
समाज र समाजका वर्गहरूलाई केन्द्रीत गरी शोषित वर्गको हितमा अभिव्यक्ति दिने विचार नै प्रगतिशील हुन्छ । माक्र्सवादी दर्शनअनुसार सामाजिक विकृतिको निषेध र सामाजिक पूर्ण न्यायको पक्षमा साहित्य सिर्जना गरिनुपर्छ । ( लुकाज,सन् २०१८,पृष्ठ ५२) त्यसैले भनिन्छ–वर्गीय पक्षधरता नै प्रगतिशील सिर्जनाको मूल वैचारिक पक्ष हो । आलोचनात्मक चेत नै प्रगतिशील साहित्यको आधार हो ।हामी प्रगतिशील छौ कि नाइँ भन्ने कुरा हाम्रा अनुहारले होइन,हाम्रो लेखन र लेखकीय व्यवहारले जनाउँछ । हामीले समाज,समाजमा रहेका हेपिएका,थिचिएका र मूलधारबाट तल पारिएकाहरूलाई मूलधारमा ल्याउन कलम चलाउन सकिएमा पक्कै पनि प्रगतिशीलधारमा आफूलाई उभ्याउन सक्नेछौं । कुरामा माक्र्सवादी,व्यवहारमा पुरातनवादी भएमा पक्कै पनि हाम्रो प्रगतिशील लेखन आन्दोलन शिथिल हुनेछ ।
प्रगतिशील साहित्य भनेको व्यक्तिगत प्रगतिको कुरा नभएर सामुहिक, सामाजिक, आमजनता,मानिसका श्रृङ्खलावद्ध प्रगतिको चरणलाई स्वीकार गरिएका रचना हुन् । यसले भूइँसाहित्यलाई उठान गरेको हुन्छ । देश,दुनियाँलाई जागृत गरेको हुन्छ । सैद्धान्तिकरूपमा प्रगतिवादभित्र प्रगतिशील पर्दछभने प्रगतिवादभित्र प्रगतिशील पर्दैन । प्रगतिशील हुनुको अर्थ प्रगतिवादको एक कदम अगाडिको चरणमा प्रवेश गर्नुमात्रै हो । प्रगतिवादी साहित्य स्वतःप्रगतिशील रहेको हुन्छ । तर सबै प्रगतिशील साहित्य, प्रगतिवादी नहुन सक्छन् । प्रगतिवादको आधारभूत तह प्रगतिशील हो । माक्र्सवादी सौन्दर्यशास्त्रीय वैचारिक उपस्थिति भएका साहित्यलाई प्रगतिवादी रचना मानिन्छ । (डा.हरिप्रसाद सिलवाल, संस्कृति अंक–१३,२०७९)लेखकको वैयक्तिक स्वतन्त्रता रहेता पनि उसले सिर्जना गरेको धारणा स्वतन्त्रतामा सार्थकता र समाजोपयोगी लेखन रहनुपर्छभन्ने माक्र्सवादी कला साहित्यसम्बन्धी धारणा प्रगतिवादी मान्यताभित्र पर्दछ । ( गिरि,२०६९,पृ.४७) २००९ सालमा श्यामप्रसादको नेतृत्वमा प्रगतिशील लेखक संघ,गठन हुनु र संघले आफ्ना गतिविधिहरूलाई नेपाली प्रगतिशील साहित्यमा बलियो आधारशीला खडा गरेको देखिन्छ । आजसम्म आइपुुग्दा सबै बामपन्थी पार्टीहरूको साझा सांस्कृतिक मोर्चाका रूपमा आफूलाई यो संघले उभ्याएको पाइन्छ । कहिलेकाँही संघभित्र कुनै नोकझोक नभएको भने होइनन् । तरपनि बामपन्थी पार्टीहरूलाई दिशानिर्देश गर्न यो संघले वैचारिक भूमिका खेलेको समेत देखिन्छ । बामपन्थीहरूलाई एउटै थलोमा राख्न,साझा विचार बनाउन र सँगसँगै हिडाल्नका लागि यो संघको कार्यभार आजपनि उत्तिकै मूल्यवान देखिन्छ ।

प्रगतिशील लेखक संघले प्रगतिशील विचार राख्नेहरू सबैलाई एउटै डोरीमा बाँध्नुपर्छ । नेपालमा देखिएका विविध खाले आन्दोलनमध्ये प्रगतिशील साहित्यलेखन आन्दोलनलाई अघि बढाउन एकजुट भएर अग्रसर हुनुपर्ने देखिन्छ । समाजमा रहेका अनेकन खालका विभेद,विकृति,विसंगतिका विरुद्धमा प्रहार गर्न प्रगतिशील लेखकहरूले एउटै लेखनीमार्फत प्रहार गर्न सक्नुपर्छ । यसका लागि सबै खाले प्रगतिशील लेखकहरूलाई एउटा बलियो छानामूनि राखेर सोही अनुसार अघि बढ्नु आजको कार्यभार हो । त्यो छाना भनेकै प्रगतिशील लेखक संघ–नेपाल हो ।प्रगतिशील लेखक,कलाकार र साहित्यकारहरू मिलाएर प्रलेस,रूपन्देही गठन गर्नका लागि सम्वत् २०५३ मा रामप्रसाद प्रदीपको संयोजकत्वकमा प्रा.डा.कृष्णचन्द्र शर्मा, प्राज्ञ बूँद राना,प्रा.डा.कपिलदेव लामिछाने र गुरुदत्त ज्ञवाली सदस्य रहेको तयारी समिति गठन भएको थियो । गठित तयारी समितिले प्रा.डा. कृष्णचन्द्र शर्माको अध्यक्षतामा पहिलो कार्यसमिति गठन गरी रूपन्देही क्षेत्रको प्रगतिशील लेखनलाई आन्दोलनका रूपमा विकास गर्दै प्रगतिशील लेखक, कलाकार र साहित्यकारहरूलाई एकीकृत गर्ने काम गरेको पाइन्छ । विचारहरूमात्र होइन,लेखक,कलाकार,साहित्यकारहरू नै छरिएर रहेको अवस्थामा प्रलेस, रूपन्देही गठन हुनुले पनि प्रगतिशील लेखन आन्दोलनलाई माथि उठाउने काममा कोसेढुंगो सावित भएको पाइन्छ ।
हालसम्म रूपन्देही प्रलेसमा प्रा.डा.कृष्णचन्द्र शर्मा,प्रा.डा.कपिलदेव लामिछाने,प्रा.डा.हिरण्यलाल ज्ञवाली,गोपीरमण उपाध्याय,डा.मुरारि पराजुली,प्रदीप प्रधान,देवेन्द्र घिमिरे,दलबहादुर गुरुङ र कविराज पौडेलले नेतृत्व गरिसकेका छन् । प्रगतिशील साहित्यको लेखन आन्दोलनलाई विभिन्न कालखण्डमा यिनीहरूको नेतृत्वले अग्रगामी मार्ग पक्डेको पाइन्छ । आगामी फागुन ३ गते हुने संघको १० जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै यस क्षेत्रको प्रगतिशील साहित्यलेखनको यात्रालाई अघि बढाउन पहल गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?