ट्रेंडिंग:

>> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा

ऐनमा छुटेका बिषयलाई नियमावलीले सम्वोधन गर्छौंः मुख्यमन्त्री आचार्य

१९ माघ २०८१, शनिबार
१९ माघ २०८१, शनिबार

प्यूठान, १९ माघ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय सेवा ऐनमा छुटेका बिषयहरुलाई नियमावलीमा समेटेर सम्वोधन गर्ने बताएका छन ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति प्यूठानको १२ औं जिल्ला अधिवेसनको बन्द सत्रको समापन कार्यक्रमलाई शनिबार प्यूठानमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय सेवा ऐनमा सम्वोधन हुन नसकेका तर, महत्वपूर्ण बिषयलाई निमावली मार्फत सम्वोधन गर्ने बताएका हुन ।

‘धेरै सम्वोधन गर्दा गर्दै पनि केही कर्मचारी साथिहरुका गुनासाहरु रहेका छन् । ति रहेका गुनासाहरुलाई पनि सरकारको तर्फबाट मैले भनिरहेको छु, सकेसम्म छुटेका बिषयलाई नियमावलीले संवोधन गर्छौं । नियमावलीले पनि सम्वोधन गर्न सकिएन भने ति नमिलेका बिषयबस्तुलाई ऐन संशोधन गरेर भएपनि मिलाएर अघि बढ्न सकिन्छ’उनले भने,‘अव स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सरुवा, बढुवाको काम पनि अघि बढ्नेछन ।’

यस्तै मुख्यमन्त्री आचार्यले कानून निर्माणलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको समेत बताए । प्रदेश सरकारले कानून निर्माणलाई प्राथमिकतामा राखेर सरकार अघि बढेको, प्रदेश निजामती ऐन र स्थानीय सेवा ऐन निर्माण गरेर कार्यान्वयन तहमा लगिएको समेत स्पष्ट पारे ।‘

अवको एक महिना भित्र नियमावली बनाएर स्थानीय सेवा ऐनलाई कार्यान्वयन गर्छौं’उनले भने,‘प्रदेशमा समायोजन भएका दरबन्दी एकिन गर्ने काम समेत गरेका छौं । संघीय सरकारबाट प्रदेशमा समायोजन भएर आएको कर्मचारीको दरबन्दी संख्या चार हजार ७८ रहेको संक्षिप्त ओएनएम सर्भेबाट पत्ता लाग्यो ।’

प्रदेश सरकारमा करिब एक हजार ९ सय कर्मचारीको दरबन्दी अभाव छ । यो संख्यालाई आधार मानेर लोकसेवा आयोगले विज्ञान गरेर कर्मचारी भर्नाको कामलाई अघि बढाएको समेत बताए । अव प्रदेश र स्थानीय तहले जनशक्तिको अभाव भोग्नु नपर्नेगरी सरकारले काम अघि बढाएको समेत उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?