ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

कबीर खानको ५०० करोडको फिल्ममा अब विक्की कौशल

१८ माघ २०८१, शुक्रबार
१८ माघ २०८१, शुक्रबार

मुम्बई, १८ माघ ।

विक्की कौशल अहिले इन्डस्ट्रीका व्यस्त कलाकार मध्येका एक हुन् । अहिले उनका ‘छावा’, ‘लभ एन्ड वार’, ‘महावतार’ जस्ता धेरै रोमाञ्चक फिल्महरू पाइपलाइनमा रहेका छन् ।

यसैबीच, विक्की कौशलले आफ्नी पत्नी कट्रिना कैफका साथी र निर्देशक कबीर खानसँग आफ्नो अर्को फिल्मका लागि हात मिलाएको थाहा भएको छ ।

फिल्म फेयरको रिपोर्ट अनुसार विक्की कौशल र कबीर खानले एकअर्काको कामको तारिफ गरिरहेका छन् । अहिले दुवैले एकसाथ फिल्ममा काम गर्ने योजना बनाएका छन् । समाचारलाई विश्वास गर्ने हो भने आयोजनाको अन्तिम चरणमा काम भइरहेको भए पनि दुईबीचको सहकार्यले सबैको ध्यानाकर्षण भएको छ ।

फिल्मसँग नजिक रहेको स्रोतको विश्वास गर्ने हो भने कबीर खान र कट्रिना कैफ लामो समयदेखि साथी हुन्। कट्रिना र विक्की कौशलले विवाह गरेदेखि कबीर पनि विक्कीको राम्रो साथी र मेन्टर बनेका छन्। तर, यी सबैको बीचमा विक्की कौशल र कबीर खानलाई सँगै काम गरेको हेर्न फ्यानका लागि रोचक हुनेछ ।

भर्खरै कबीर खानले एपलाज इन्टरटेनमेन्टसँग दुई फिल्मको घोषणा गरेका छन् । ‘बजरंगी भाइजान’का निर्देशकले एपलाज इन्टरटेनमेन्टका एमडी समीर नायरसँगको फोटो सेयर गरेर यसबारे जानकारी दिएका थिए । विक्की र कबीरको कुरा गर्दा गत वर्ष फिल्म निर्माताको ‘चन्दु च्याम्पियन’ रिलिज हुँदा विक्की कौशलले यसको निकै तारिफ गरेका थिए । विक्कीले फिल्ममा कार्तिक आर्यनको अभिनयको पनि तारिफ गरेका छन् ।

कबीर खानको यो प्रोजेक्ट निकै ठूलो हुने भएको छ । समाचारमा भनिएको छ कि यो फिल्म कुल ५०० करोडको बजेटमा बन्दैछ, जहाँ विक्की कौशलको अभिनय रहनेछ । तर, सो फिल्मका बारेमा थप केही कुरा जानकारी बाहिर ल्याइएको छैन।

विक्की कौशलको आगामी फिल्मको कुरा गर्दा उनी ‘छावा’ मा देखिदैछन् । यस फिल्ममा अभिनेतासँगै रश्मिका मन्डन्ना र अक्षय खन्ना मुख्य भूमिकामा छन् । छत्रपति संभाजी महाराजको जीवनीमा आधारित यो पिरियड ड्रामा फिल्मको ट्रेलर केही दिन अघि सार्वजनिक भएको थियो । जुन फिल्म १४ फरवरीमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?