ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

बाल मनोविज्ञान बोकेको ‘सारंग’ माघ २५ बाट दर्शकमाझ आउँदै

१७ माघ २०८१, बिहीबार
१७ माघ २०८१, बिहीबार

काठमाडौं, १७ माघ ।

बाल मनोविज्ञानमा आधारित रहेर निर्माण भएको चलचित्र ‘सारंग’ प्रदर्शनको संघारमा छ।यही माघ २५ गतेबाट दर्शकमाझ आउन लागेको चलचित्रको ट्रेलर, टिजरले राम्रो प्रभाव पारिरहँदा सोहि हाइपलाई हलसम्म तान्न निर्माण टिम अग्रसर छ।

बदलिँदो नेपाली समाजमा बाबु आमाबीचको मतभेदले बच्चामा पर्ने प्रभाव, बालसगीबीचको प्रेम र बाल मित्रताको समर्पणलाई केन्द्रमा राखेर निर्देशक प्रशान्त तामाङले ‘सारंग’ तयार पारेका छन्। चलचित्रको सार्वजनिक प्रचार सामग्रीहरूले सोहि संकेत गर्छन्। शहरिया जीवनशैलीमा अभ्यस्त परिवारको दैनिकीले बाल मस्तिष्कमा पार्ने असरलाई चलचित्रमा प्रस्तुत गरिएको निर्देशक तामाङ बताउँछन्।

बाल मनोविज्ञानको अवस्था चलचित्रले बोकेको छ, तर यो भन्दैगर्दा चलचित्र त्यति मात्रै होइन्, निर्देशक तामाङ भन्छन्, ‘चलचित्रमा हुनुपर्ने मनोरञ्जनको पूर्ण प्याकेज सबै पाउनुहुन्छ, प्रेम, रोमान्स, द्वन्द्व र रोदनको समिश्रण ‘सारंग’ हो। बाल मनोविज्ञान, बाल अधिकार, धनी र गरिब परिवारबीचको खाडलको यथार्थता लगायतका पक्षलाई चलचित्रले समेटेको तामाङले बताए।

चलचित्रमा प्रमुख पात्र रहेका दुई बाल कलाकार सम्राट थापा र आदित्य कार्कीको टिजर, ट्रेलर र सार्वजनिक गीतमा प्रस्तुत अभिनयले यतिबेला प्रशंसा पाइरहेको छ। यो चलचित्रमा सम्राट र आदित्यसँगै अभिनेत्री ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, बिश्व स्याङ्बो, दीपीका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठ प्रमुख अभिनयमा छन्।

राजधानीमा हालै गरिएको विशेष प्रदर्शनीमा दर्शकले चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया दिएका छन्। मंगलबार लाबिङ मलमा सम्पन्न प्रिमियरमा अभिनेत्री ऋचा शर्मासहितका कलाकारहरूले सँगै चलचित्र हेरेर दर्शक प्रतिक्रिया लिएका थिए। ऋचाले दर्शकसँग फिल्म हेर्दा आफुले आँशु थाम्न नसकेको बताइन्। यो चलचित्र गरिसकेपछि घरमा बच्चासँग चर्को स्वरले बोल्नसम्म छोडेकी छु, ऋचाले भनिन्, ‘बाबुआमाले गर्ने व्यवहारले बालबच्चामा कस्तो असर पार्छ, परिवारले बच्चालाई कस्तो संस्कार सिकाउने त्यो सबै सारंगले बोकेको छ।’

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन्। पुष्पा लिम्बू र बिनु गुरुङ सह(निर्माता रहेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका छन्। स्टेशन ५ ले वितरण अधिकार लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?