ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

युवाहरुलाई सौन्दर्य तालिम

८ माघ २०८१, मंगलवार
८ माघ २०८१, मंगलवार

बुटवल, ८ माघ । युवालाई दक्ष बनाउदै रोजगार सृजना गर्दै आएको डिभाईन युनिसेक्स सलुन एण्ड एकेडेमी, कालिकानगरले तालिम पूरा गरेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेको छ । एकेडेमीमा ३ महिने तालिम लिएका प्रशिक्षार्थीहरुलाई मंगलबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले प्रमाणपत्र बितरण गर्दै सीपमुलक तालिम चलाएर युवाहरुलाई क्षमता विकासको महत्वपूर्ण काम गरेको बताईन । महिलाहरु आर्थिक रुपमा सबल बन्नसकेमात्र नेतृत्वमा आउने भन्दै युवाहरुबाट नै उदाहरणीय काम भएको उनले बताईन । सीप सिकेको हतियार प्रमाणपत्र भएको भन्दै उनले सीपलाई ब्यवहारमा लैजान आग्रह गरिन । धेरै मेहनत गरेर एउटा महिला आफू आत्मनिर्भर हुँदै अरुलाई तालिम दिने जस्तो उत्कृष्ट काम गरेको उनले बताईन । सानो लगानीबाट सफल बन्न सकिने ब्यवसायको रुपमा पछिल्लो समय सैलुन भएको उनले बताईन ।

डिभाईन युनिसेक्स सलुन एण्ड एकेडेमीका सिईयो तथा संचालक प्रिति दुलालले तालिममा ८० जना सीप सिक्ने तालिम लिएको बताईन । महिला÷पुरुष कपाल काट्ने, हेयर कलरिङ लगायतका सजावट तथा सौन्दर्य, फेसन डिजाईनका कोर्षहरु सम्बन्धि तालिमहरु दिईएको छ । दुलही श्रृङ्गारका सेवाहरु दिईन्छ । दक्ष युवा बनाउने मुलमन्त्रलाई जोडेर संस्थागत रुपमा लागेको उनले बताईन । कालिकानगरमा रहेको एकेडेमीमा दक्ष प्रशिक्षकहरुबाट विगत दुई वर्षदेखि सैलुन संचालनमा आएको छ ।

कार्यक्रममा प्रशिक्षण लिएर आफ्नै ब्यवसाय चलाउदै आएकी संगिता गुरुङले दुई वर्ष अघि लिएको तालिमबाट धेरै फाईदा मिलेको बताईन । मेकअप आर्टिस्ट हुँदै फेशन फिल्डमा भित्रेको अनुभव सुनाउदै सिकेको ज्ञानलाई ब्यवहारमा उतार्न सुझाव दिईन । देशभित्रमात्र नभई विदेशमा समेत राम्रो अवसर रहेको उनले बताईन । ‘तालिम पछि धेरै वैदेशिक रोजगारमा अवसर पाएका छन ।’–उनले भने ।

कार्यक्रममा प्रशिक्षार्थी नवीन पौडेलले लेडिज एण्ड जेन्स हेयर कट सिकेको बताईन । सिक्ने बित्तिकै आम्दानी हुने पाटोको रुपमा रहेको हुदा पनि तालिम निक्कै फलदायी रहेको बताए ।

कार्यक्रममा संचालक दुलालका आमा दिलमाया दुलाल, प्रशिक्षक शिशिरराज, सलिना मगर, निलम श्रेष्ठले तालिमबाट धेरै उपलब्धि मिलेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?